Comments Add Comment

गोरखाको द्रव्यशाह क्याम्पसमा बिष्फोट

१६ फागुन, गोरखा । स्ववियु चुनाव आउन दुई दिन बाँकी हुँदा गोरखाको द्रव्य शाह बहुमुखी क्याम्पस हाताभित्र बम बिफोष्ट भएको छ ।

गोरखा नगरपालिका-८ लक्ष्मीबजारमा रहेको क्याम्पसमा सोमवार विहान करिब साढे ११ बजे ठूलो आवाजमा बिफोष्ट भएको हो ।

क्याम्पसको पूर्वपट्टि रहेको पुस्तकालय भवन नजिकै बिष्फोट भएको प्रहरीले जनाएको छ । बिष्फोट भएको स्थलमा सुतरी डोरी र केही बारुद भेटिएको घटनास्थलमा खटिएका जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक महेश्वर उपाध्यायले जानकारी दिए । ‘बिष्फोट भएको ठाउँमा जलेका पातपतिङ्गर र कागजहरु भेटियो,’ प्रहरी निरिक्षक उपाध्यायले अनलाइनखबरसँग भने, ‘गाउँघरमा बनाइने सुतली बम बिष्फोट भएको प्रारम्भिक अनुमान गरेका छौं ।’

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अहिले घटनास्थलमा थप सुरक्षाकर्मी खटाइएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख एसपी जनकराज पाण्डेयले बताए ।

यता गोरखा क्याम्पसमा अखिल क्रान्तिकारीले लगाएको ताला अझै खुल्न सकेको छैन ।

मनोनयन दर्तामा मर्यादा क्रम नमिलेको भन्दै अखिल क्रान्तिकारीले क्याम्पसमा तालाबन्दी गरेको थियो । नेपाल विद्यार्थी संगठन र अखिल क्रान्तिकारीबीच मनोनयन दर्ताको क्रममा विवाद भएको थियो । अहिले वार्ताबाट सहमतिको प्रयास भइरहेको गोरखा क्याम्पसका निर्वाचन अधिकृत यदु अधिकारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment