Comments Add Comment

साम्राज्ञीको स्टारडम कति ?


नायिका साम्राज्ञीराज्य लक्ष्मी शाहको स्टारडमको चर्चा त चलचित्र बजारमा खुबै चल्छ । उनलाई लिएर चलचित्र बनाउन चाहने निर्माताको संख्या पनि कम छैन । अहिले साम्राज्ञी पहिलो रोजाइमा पर्ने नायिका हुन् ।

तर, उनको पहिलो चलचित्र ‘डि्रम्स’मात्र रिलिज भएको छ । अरु कुनै पनि चलचित्र रिलिज भएका छैनन् । यसैले, उनले सिंगो चलचित्र नै धान्न सक्छिन् या सक्दिनन् भन्ने स्पष्ट छैन । तर, पनि उनको स्टारडम चलचित्र बजारमा देखिएको छ ।

निर्माता छविराज ओझाले आफ्नो चलचित्र ‘मंगलम’मा उनलाई खेलाउनुले पनि यो कुराको पुष्टी गर्छ । साम्राज्ञीलाई छविले विशेष भूमिकामा चलचित्रमा खेलाए । उनले, साम्राज्ञीलाई चलचित्रमा भित्राउँदा उनको चलचित्रको डिजिटल राइट्स हाइलाइट्स नेपालले किनिसकेको छ ।

वुझिएअनुसार, साम्राज्ञी भएकै कारण यो चलचित्रको डिजिटल राइट्स खरिद गरिएको हो । नेपाली मिडियादेखि चलचित्र बजारमा साम्राज्ञीको नाम निकै चलेको छ । यसैले, छोटो समयमा नै चर्चा पाउने नायिकामा उनी पर्छिन् । तर, स्टारडम उनको नयाँ रिलिज हुने चलचित्रबाट नै थाहा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment