Comments Add Comment

के रणवीर र दीपिकाको प्रेम टुटेको हो ?

अक्सर सँगै देखिने जोडी दीपिका पादुकोण र र रणवीर सिंह आजकाल सार्वजनिक कार्यक्रमहरुमा एक्लाएक्लै देखिन्छन् । कारण के हो ?

पछिल्ला दिनहरुमा यी दुईको प्रेम सम्वन्धमा दरार आएको अड्कलवाजी गर्न थालिएको छ । दीपिकाले अभिनय गरेको पहिलो हलिउड फिल्म ‘एक्स एक्स एक्सः रिटर्न अफ जेन्डर केज’ का अभिनेता विन डिजलसँग दीपिका सल्किएको आशंकामा रणवीर उनीबाट टाढिन थालेको बताइन्छ । सो फिल्ममा दीपिकाको अभिनय तथा फिल्मको सफलताका विषयमा रणवीरले अहिलेसम्म केही पनि कमेन्ट गरेका छैनन् ।

दीपिकाले एक अन्तरवार्तामा आफू विन डिजलको बच्चाको आमा बन्न चाहेको अभिव्यक्तिसमेत दिएकी थिइन् । यसबाट रणवीर रुष्ट बनेका छन् । त्यसो त डिजल फिल्म प्रमोसनका लागि भारत आउँदा दीपिका उनीसँग बढि नै चिप्किएको पनि रणवीरलाई मन परिरहेको थिएन ।

केही दिनअघि शाहिद कपुरको बर्थ डे पार्टीमा दीपिका र रणवीर दुवै पुगेका थिए, तर अलग-अलग ।

हालै एउटा ब्रान्डको लन्च पार्टीमा गएकी दीपिकालाई पत्रकारले घेरेर उनको प्रेमसम्वन्धका विषयमा केरकार गरे । के रणवीरसँग तपाईंको बे्रकअप भएको हो भन्ने एक पत्रकारको प्रश्नमा दीपिकाले सिधा जवाफ दिइनन् । उनले भनिन्, ‘तपाईं जे सुन्न चाहनुहुन्छ, म त्यही भनिदिन्छु ।’

हालै एक अन्तरवार्तामा दीपिकाले भनेकी थिइन् कि उनी हलिउडमा गएयता परिवार र साथीहरुका लागि समय दिन सकिरहेकी छैनन् । आजका आफ्नो रोजाईका चीजहरुमा रोमान्स सबैभन्दा अन्तिममा पर्ने पनि उनले बताएकी थिइन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment