Comments Add Comment

दलहरुबीच एकता भए नयाँ नाममा चुनाव लड्न पाइने


१८ फागुन, काठमाडौं । निर्वाचन आयोगमा दर्ता भएका दलहरुबीच एकता भए नयाँ नाममा चुनाव लड्न पाउने भएका छन् ।

आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा ४९ ले दिएको अधिकार प्रयोग गरी दलहरुबीच एकता भए नयाँ नाममा चुनाव लड्न दिने गरी आदेश जारी गरेको हो ।

‘आयोगमा दर्ता कायम रहेका दुई वा दुईभन्दा बढी राजनीतिक दलहरू एक आपसमा गाभिन वा एकीकरण भई नयाँ राजनीतिक दलको रूपमा कायम हुन चाहेमा राजनीतिक दलले त्यसरी गाभिन वा एकीकरण हुन मञ्जुर गरेको कुनै एक राजनीतिक दलको नाममा वा नयाँ नाममा राजनीतिक दलको रूपमा दर्ता हुने सम्बन्धमा आवश्यक व्यवस्था गरेको छ,’ आयोगले भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment