Comments Add Comment

रोमान्टिक रिलेसनसिपको लागि ६ लभ टनिक

 

दाम्पत्य जीवनलाई सधै सुखमय र सन्तुष्ट राख्न सक्नु ठूलो कला हो । अक्सर दम्पतीबीच सानोतिनो कुराले बैमन्यस्यता पैदा गर्छ । ठाकठुक पर्छ । र, त्यसले दाम्पत्य सम्बन्धलाई सधै अमिलो बनाइरहन्छ ।

दाम्पत्य जीवनलाई कसरी सुखमय बनाउने त ? केहि काइदा छन् ।

१. एकसाथ खाना बनाउने

हिजोआज धेरैजसो दम्पती कामकाजी हुन्छन् । यस्तो अवस्थामा आपसमा धेरै भन्दा धेरै समय बिताउने राम्रो काइदा हो, एकसाथ खाना बनाउने । भलै, तपाईलाई खाना बनाउन नआउन सक्छ तर भान्सामा पाटनरलाई सहयोग गर्न सक्नु हुनेछ । कुकिङ टाइमलाई थप रोचक बनाउनका लागि नयाँ-नयाँ परिकार बनाउने अभ्यास पनि गर्न सकिन्छ ।

२. एकले किताब पढ्ने, अर्कोले सुन्ने

राती सयन कक्षमा पुगेपछि मोवाइलमा कुरा गर्ने, फेसबुक चलाउने, गेम खेल्ने, टिभी हेर्ने गर्नुको साटो रोचक एवं रोमान्टिक पुस्तक पढ्नुपर्छ । कुनै रमाइलो पुस्तक छनौट गरौं, जसमा दुबैको रुची हुन्छ । त्यही पुस्तक एकले पढ्ने र अर्कोले सुन्ने गर्नुपर्छ ।

३. मर्निङ वाक वा व्यायम एकसाथ गर्ने

विहान पार्टनरसँगै उठ्ने र मर्निङ वाक जाने अभ्यास गरौं । व्यायम वा योग पनि एकसाथ गर्नु राम्रो हो  । यसले दम्पतीबीचको सम्बन्धमा नयाँ ताजगी महसुष गराउँछ ।

४. डिनर वा सिनेमा हेर्न जाने

दाम्पत्य जीवनलाई सुमधुर राख्ने यो पनि एउटा काइदा हो । मासिक रुटिन बनाएर एक पटक रेष्टुराँ लने र डिनर गराउने । आफैले बनाएको खानाले दिक्क हुनसक्छ, त्यसैले रेष्टुरेन्टमा लगेर नयाँ स्वाद लिन सकिन्छ । साथै, महिनामा एक सप्ताहन्त सिनेमा हेर्न जान सकिन्छ ।

५. रोमान्टिक गीत सुनाउने

दम्पतीलाई रोमान्टिक गीतले जहिले लोभ्याउँछ । यस किसिमको गीतले मुड पनि फ्रेस हुन्छ । संभव भएसम्म पार्टनरलाई गीत गुनगुनाएर सुनाउन सकिन्छ ।

६. स-साना सरप्राइज दिने

प्रेम दर्शाउनका लागि गिफ्ट तथा सरप्राइज पनि राम्रो माध्याम हो । महंगो उपहार नै दिनुपर्छ भन्ने केहि छैन । सानोतिनो पहिरन, सौन्दर्य प्रसाधन दिन सकिन्छ । मीठो परिकार बनाएर ख्वाउन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment