
१९ फागुन, काठमाडौं । उद्योगमन्त्री नविन्द्रराज जोशीले १० वर्षभित्रै नेपाली युवा वैदेशिक रोजगारीमा जानु पर्ने बाध्यात्मक अवस्था हट्ने बताएका छन् ।
राजधानीमा बिहीबारदेखि सुरु भएको लगानी सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री जोशीले नेपालमै लगानीको वातावरण बनेकाले स्देशमै स्वरोजगार हुने र रोजगार पाइने अवस्था बन्दै गएको बताए ।
उनले नेपालमा लगानीका लागि उचित वातावरण तयार हुँदै गएकाले लगानी गर्न नहिच्किचाउन विदेशी लगानीकर्तालाई अनुरोध गरे । यहाँ पर्याप्त युवा जनशक्ति भएकाले लगानीलाई नेपालमा केन्द्रित गर्दा सहन हुने तर्क राखे ।
उनले विदेशी लगानीलाई आकषिर्त गर्न सरकारले विभिन्न नीति तथा नियमहरुमा समस सापेक्ष परिमार्जन गरेको भन्दै विश्वस्त भएर आउन लगानीकर्तालाई आग्रह गरे ।
उनले नीतिगत सुधारको अभियानमा नेपाल तीब्र गतिमा अघि बढेको बताउँदै विदेशी लगानीलाई महत्वका साथ स्वागत गरिने बताए । बुधबार मात्रै ३० अर्बको लगानी स्वीकृत भएको जानकारी दिँदै उनले वातावरणलाई अझ सहज गर्न आफूहरु लागिपरेको उल्लेख गरे ।
बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, विषेश आर्थिक क्षेत्र (सेज) सम्बन्धी ऐन, कम्पनी ऐन, बैंकिङ कसूर सम्बन्धी ऐन संसदबाट पारित भइसकेको र अन्य आर्थिक ऐनहरु संसदमा विचाराधीन रहेको उनको भनाइ छ ।
सम्मेलनमा झण्डै २५० विदेशी लगानीकर्ता र ३०० भन्दा बढी नेपाली लगानीकर्ताको सहभागिता छ ।
प्रतिक्रिया 4