+
+
Shares

एयरपोर्ट र ऊर्जामा लगानी गर्नुस्ः देउवा, ओलीले भने-सरकारभन्दा अघि बसेर सघाउँछौं

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन १९ गते १२:०३
फाइल फोटाे

१९ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देेउवाले देउबाले एयरपोर्ट, ऊर्जा र कृषिमा कन्दि्रत भएर लगानी गर्न आह्वान गरेका छन् ।

बिहीबारदेखि राजधानीमा सुरु भएको लगानी सम्मेलनलाई सम्बोधन गर्दै देउवाले नेपालमा लगानीका लागि  धेरै ‘भर्जिन एरिया’हरु रहेकाले त्यता केन्द्रित हुन आह्वान गरे ।

उनले लगानीको वातावरण तयार गर्न आवश्यक नीतिगत ब्यवस्था सरकारले गर्ने भन्दै प्रतिवद्ध भएर आउन लगानीकर्तालाई आग्रह गरे ।

‘वातावरण तयार गर्न आवश्यक ब्यवस्था हामी बनाउँछौं । विश्वस्त भएर लगानी गर्न तयार हुनुस्’ देउवाले भने ।

कार्यक्रमलाई नै सम्बोधन गर्दै कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जुनसुकै क्षेत्रका लागि आउने लगानीलाई स्वागत गर्न आफ्नो दल तयार रहेको बताए ।

हामी प्रतिपक्षी दल हौं, तर, विदशेबाट आउने लगानी र त्यसबाट गरिने विकासका काममा हाम्रो कुनै असहयोग रहँदैन । बरु हामी सरकारभन्दा अघि रहेर तपाईंलाई सघाउँछौं’ ओलीले भने ।

उनले लगानीका लागि आवश्यक वातावरण तयार गर्ने जिम्मा सबैको उत्तिकै भएकाले आफ्नो भूमिका निभाउन एमाले पछि नहट्ने स्पष्ट गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?