Comments Add Comment

१८ वर्षिय किशोरको पेटबाट निकालियो बच्चा !

के कुनै पुरुषको पेटमा बच्चा हुन सक्छ ? भारतमा यस्तो अपत्यारिलो घटना भएको छ ।

भारतका एक १८ वषिर्य किशोरलाई पेट दुख्न थाल्यो र उनी डाक्टरकहाँ गए । अपरेसनपछि उनको पेटबाट जे निस्कियो, त्यो जसलाई पनि विश्वास गर्न गाह्रो पर्छ ।

डाक्टरले उनको पेटबाट साढे दुई किलोको एउटा ठूलो हड्डी निकाले जसमा दाँत र कपालसमेत थियो । डाक्टरका अनुसार उनको पेटमा जुम्ल्याहा  बच्चा हुर्किरहेको थिो ।

यी किशोरको नाम हो नरेन्द्र कुमार । उनको पेटमा भएको बच्चालाई डाक्टरहरुले -प्यारासाइट (परजीवी, जो कुनै अर्को जीवभित्र रहेको हुन्छ) भनेकान् ।  सो बच्चालाई नरेन्द्रको रगतबाटै रक्तसञ्चार भइरहेको थियो । यति मात्र होइन, सुक्ष्मदर्शक यन्त्रबाट हेर्दा बच्चाको छाति, थुप्रै हड्डी र मानिसको शरीरजस्ता थुप्रै चीजहरु देखिए ।

डाक्टरहरुले दुई घन्टाको शल्यक्रियापछि नरेन्द्रको पेटबाट सो बच्चा निकालेका थिए । नरेन्द्रका पिताका अनुसार उनी धेरै वर्षदेखि पेटको दुखाईबाट पीडित थिए । अहिले उनले राहत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment