+
+

स्थानीय चुनावका कारण कक्षा ११ को परीक्षा असारमा सर्‍यो

कक्षा १२ को परीक्षा निर्धारित मितिमै

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन २० गते २०:३०


२० फागुन, काठमाडौं । स्थानीय तहको निर्वाचनका कारण राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा तालिका पछि सारेको छ ।

राष्ट्रिय परीक्षा बोर्डका कार्यकारी निर्देशक डिल्लीराम रिमालका अनुसार अब कक्षा ११ को परीक्षा असार १ देखि ११ गतेसम्म हुनेछ । यसअघि वैशाख २४ देखि ११ कक्षाको जाँच हुने भनिएको थियो ।

कक्षा १२ को परीक्षा तालिका भने चुनावका कारण प्रभावित नहुने रिमालले बताए । उनले भने-कक्षा १२ को परीक्षा पूर्व निर्धारित मितिभित्रै सकिन्छ । कक्षा ११ को चाहिँ चुनावका कारण प्रभावित हुने भएकाले सारिएको हो ।’

कक्षा १२ को परीक्षा वैशाख १० देखि २२ सम्म तय भएको छ ।

सरकारले स्थानीय चुनावको मिति वैशाख ३१ गते तोकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?