पछिल्लो समयकी नायिका आँचल शर्मा केहि राम्रा चलचित्रमा काम गर्ने योजनामा छिन् । पल शाहसँग आफ्नो केमेष्ट्री मिलेको धारणा राख्ने आँचल आफुलाई सामान्य युवतीको रुपमा चिनाउन चाहन्छिन् । उनै नायिकालाई अनलाइनखबरले लगाएको पाँच आरोपः
१. राम्रोसँग अभिनय नजान्दै चलचित्रमा प्रवेश गर्नु भो भन्छन् नि ?
त्यो हुनसक्छ । किनकी मैले अभिनय गर्नुअघि कुनै प्रशिक्षण लिएकी थिइनँ । पहिलो चलचित्रका लागि अडिसन दिएँ, अडिसनमा छानिएँ, अनि काम गरेँ ।
२. पल शाहको कारण ‘हैरान’ भन्ने चलचित्र छाड्नु भयो भन्छन् नि ?
पल शाहको कारण होइन, आफ्नै कारण छाडेको हुँ । मैले ‘हैरान’ भन्दा अघी ‘जोनी जेन्टलमेन्ट’मा सम्झौता गरेकी थिएँ । पहिला एग्रीमेन्ट गरेको चलचित्र छोड्ने कुरा भएन । पहिलो चलचित्रलाई प्राथमिकता दिँदा ‘हैरान’ छाड्नु पर्यो ।
३. तपाई कलाकारिताले भन्दा पनि पल शाहसँगको प्रेम चर्चाले बढी चिनिनुभयो भन्छन् नि ?
सायद हाम्रो केमेष्ट्री मिलेकाले पनि त्यस्तो भएको होला । अरु त्यस्तो कुनै कारण छैन । केहि म्युजिक भिडियो र दुई चलचित्रमा काम गरेका छौं ।
४. असाध्यै खर्चालु हुनुहुन्छ भन्ने आरोप छ नि ?
यो हुँदै होइन । म एकदमै थोरै खर्च गर्नेमा पर्छु । खाजा खाँदा सामान्य खर्च त भइहाल्छ । तर, उत्पात खर्च गर्नेमा म पर्दिनँ । म जायज कुरामा मात्रै खर्च गर्छु । सपिङ पनि धेरै गर्दिनँ ।
५. आँचल घमण्डी छ भन्नेहरु पनि धेरै भेटिए ?
त्यो पनि गलत । म एकदमै सिम्पल छु । मैले घमण्ड गर्न जानेकै छैन ।
पल र आचलसँग गरिएको भिडियो कुराकानी यहाँ हेर्नुहोस्ः
प्रतिक्रिया 4