+
+
Shares

‘म्यानपावरवाली’ शर्मिलाको नाम फिर्ता भएन, १२ राजदूतको सुनुवाई सुरु

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन २० गते १३:५८


२० फागुन, काठमाडौं । चर्को आलोचनाका बावजुद ओमानका लागि प्रस्तावित नेपाली राजदूत शर्मिला पराजुली ढकालको नाम फिर्ता भएन । तर, यूएईका लागि प्रस्तावित राजदूत आशा लामाको नाम भने फिर्ता भएको छ ।

सरकारले १२ राजदूतको नाम पठाएपछि संसदीय सुनुवाई विशेष समितिले प्रक्रिया सुरु गरेको छ । संसदीय सुनुवाई विशेष समितिको शुक्रबार बसेको बैठकले १० दिनको समय दिएर प्रस्तावित नामविरुद्ध उजुरी आहृवान गर्ने निर्णय गरेको छ ।

सरकारले आशा र स्पेनका लागि प्रस्तावित राजदूत भरत रायमाझीको नाम पठाएको छैन ।

स्पेनमा दूतावास स्थापनाका लागि त्यहाँको सरकारले स्वीकृति दिएपछि उनको सुनुवाई प्रक्रिया अघि बढ्नेछ । आशा लामाको नाम भने फिर्ता लिइएको छ ।

उनी कांग्रेसको कोटामा राजदूत भएकी थिइन् । तर, म्यानपावर व्यवसायी भएको भन्दै पार्टीभित्र र बाहिरबाट चर्को दबाव आएपछि कांग्रेसले उनको नाम फिर्ता लिएको छ ।

फोरम लोकतान्त्रिकको कोटामा राजदूत भएकी ‘म्यानपावरवाली’ शर्मिलाको नाम पनि फिर्ता हुने चर्चा थियो । तर, फोरम लोकतान्त्रिकको दबावपछि सरकारले नाम फिर्ता लिन सकेन र उनको सुनुवाई प्रक्रिया सुरु भएको छ ।

अब संसदीय सुनुवाई विशेष समितिले उनको नाम अनुमोदन गरे उनी राजदूत हुनेछिन् ।

यो पनि पढ्नुहोस्

१४ देशका लागि नेपाली राजदूत सिफारिस (सूचीसहित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?