+
+
Shares

अष्ट्रेलियामा मृत्यु भएका युवकको नाममा ट्रष्ट स्थापना, झापाली समाजको एक लाख सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन २२ गते १३:१६

सिड्नी । अष्ट्रेलियाको समुद्रमा डुबेर निधन भएका झापाका युवक सन्दीप उप्रेतीको नाममा नेपालमा ट्रष्ट स्थापना हुने भयको छ । त्यसका लागि झापाली समाज अष्ट्रेलियाले एक लाख नेपाली रुपैयाँ मृतक उप्रेतीका परिवारलाई पठाएको छ ।

झापा बिर्तामोड निवासी मेदिनी उप्रेती र बिमला उप्रेतीका छोरा सुदिप उप्रेतीको पार्थिव शरिर नेपाल पठाउने प्रक्रियामा सहयोग गरिदिनको निमित्त झापाली समाज अष्ट्रेलियाले अपिल गरेको थियो । सो अपिल अनुसार सहयोगीहरू तथा एनआरएन अष्ट्रेलियाबाट समेत गरेर जम्मा रकम ९ हजार ४ सय ७३ अष्ट्रेलियन डलर उठेको र जसमध्य शव नेपाल पठाउँदा ६ हजार ७ सय डलर खर्च भएको आइतबार सिड्नीमा आयोजित एक कार्यक्रममा जानकारी दिइयो ।

सबै दाताहरूलाई दुःखको घडीमा साथ दिएकोमा झापाली समाज अष्ट्रेलियाले धन्यवाद ज्ञापन गर्दै गैरआवासीय नेपाली संघ अष्ट्रेलियाले गरेको सहयोग रकम कल्याणकारी कोषमा फिर्ता गरेको झापाली समाज अष्ट्रेलियाका अध्यक्ष दीपक खनालले जानकारी दिए ।

अष्ट्रेलियन डलर दुई हजारको बैंक चेक बुझ्दै गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको कल्याणकारी कोषका संयोजक छबि सापकोटाले झापाली समाजको यो पहलले अष्ट्रेलियामा स्थापित अन्य समाज र व्यक्तिहरुलाई दुःखमा सहयोग गर्न प्रेरित गर्ने विश्वास व्यक्त गरे ।

सोही कार्यक्रममा झापाली समाज अष्ट्रेलियाका संरक्षक दिनेश पोखरेलले अष्ट्रेलियामा दुःखको घडीमा सहयोग जुटाउनु र नेपालमा समाजसेवी कोष निर्माण गर्न सहयोग गर्नु झापाली समाजको उदाहरणिय काम भयको बताए ।

कार्यक्रममा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय परिषदका सदस्य केशव सापकोटाले गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको कल्याणकारी कोषमा आफ्नो तर्फबाट ५ सय अष्ट्रेलियन डलर जम्मा हर्ने घोषणा गरे ।

गैर आवासीय नेपाली संघ अष्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देलले सबै व्यक्ति र संस्थाहरुले दुःखमा सहकार्य गर्ने र आवश्यकताभन्दा बढी उठेको रकम गैरआवासीय नेपाली संघको कल्याणकारी कोषमा जम्मा गर्दा भोलिका दिनमा संघले ठूला विपद आइपर्दा सहयोग गर्न सक्ने बताए ।

कार्यक्रममा झापाली समाज अष्ट्रेलियाका सहसचिव अशोक उप्रेती, सल्लाहकार तेज उप्रेती र समाजसेवी भीमार्जुन पोख्रेललगायतका ब्यक्तित्वहरुको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?