+
+

अष्ट्रेलियामा नयाँ घर किन्न सहज, ६ लाख डलरसम्मका घरमा स्ट्याम्प कर छुट

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन २२ गते १३:५४

सिड्नी । अष्ट्रेलियाको भिक्टोरिया राज्य सरकारले हाउजिङलाई सहज बनाउन नयाँ योजना अघि सारेको छ । यस योजना अनुसार अब ६ लाख अष्ट्रेलियन डलरसम्मका घरका खरिदकर्ताले ‘स्ट्याम्प कर’ तिनुपर्ने छैन ।

भिक्टोरिया राज्य सरकारले आइतबार घोषणा गर्ने नीतिगत पुनर्संरचनाबाट नयाँ घरका मालिकहरुले १५ हजार डलरसम्म बचत गर्ने द एजले लेखेको छ । यसले बढीभन्दा बढी भिक्टोरियनहरुलाई महंगो हाउजिङ बजारमा प्रवेश गराउने आशा राखिएको छ ।

५ करोड डलरको पाइलट प्रोग्रामले चार सय जनतालाई २५ प्रतिशत सेयर स्वामित्व लिने गरी सरकारसँग मिलेर घर खरिद गर्ने अवसर पनि प्रदान गरेको छ जसबाट पहिलो घरका खरिदकर्ताले जम्मा गर्नुपर्ने रकम घट्ने छ ।

कथित ‘होम्स भिक’ कार्यक्रम अर्को वर्षको जनवरीबाट सुरु हुनेछ जसले ९५ हजार डलरसम्म आम्दानी भएका जोडी तथा ७५ हजार डलरसम्म आम्दानी भएका एकल व्यक्तिहरुलाई लक्षित गरेको छ । यसमा योग्य हुनका लागि खरिदकर्ताले ५ प्रतिशत रकम जम्मा गर्नुपर्ने हुन्छ र जब सम्पत्ति बिक्री हुन्छ, सरकारले आफ्नो स्वामित्वको सेयर फिर्ता लिनेछ ।

‘पहिलोपटकका खरिदकर्ताले सधैंको भन्दा बढी समस्या भोगिरहेका छन्,’ प्रिमियर डेनियल एन्ड्र्युजले भने, ‘उनीहरुले बढ्दो मूल्यसँग संघर्ष गरिरहेका छन्, लगानीकर्ताहरुसँग प्रतिस्पर्धा गरिरहेका छन् र विद्यमान मालिकहरुलाई फाइदा पुग्ने संघीय सरकारको नीतिहरुको सामना गरिरहेका छन् । यी परिवर्तनले घर खरिद बिक्रीमा सबैलाई समानताको प्रत्याभूति गर्नेछ ।’

स्ट्याम्प ड्यूटीमा गरिएको छुट हालका दिनहरुमा घोषणा गरिएको हाउजिङ सहजिकरण पुनर्संरचनाको पछिल्लो कडी हो । यस वर्षको १ जुलाइबाट कार्यान्वयन हुने यस छुटले प्रत्येक वर्ष २५ हजार पहिलो घर खरिदकर्तालाई लाभान्वित तुल्याउने छ जसबाट नयाँ र विद्यमान घरहरुका लागि औसत ८ हजार डलर वचत हुनेछ ।

यसको अर्थ ६ लाख डलर मूल्यसम्मका स्थापित घर खरिद गर्ने जोकोही व्यक्तिले हालको व्यवस्था अनुसारको १५ हजार पाँच सय ३५ डलर स्ट्याम्प कर तिनुपर्ने छैन भने तीन लाख मूल्यसम्मका स्थापित घर खरिद गर्दा स्ट्याम्प कर छुटबाट पाँच हजार ६ सय ८५ डलर बचत हुनेछ ।

परिवर्तित व्यवस्थाहरुको घोषणा प्रिमियर एन्ड्र्युज र ट्रेजरर टिम पल्लासले आइतबार गर्नेछन् । यस व्यवस्थाले हाउजिङ मार्केटमा छिर्न संघर्ष गरिरहेका बढ्दो जनसंख्याबाट स्वागत पाउने निश्चित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?