+
+

सुख्खा पहिरोले थुनिएको दरम खोला ‘ओभर फ्लो’ भएर बग्न थाल्यो

मध्यपहाडी लोकमार्ग अवरुद्ध

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन २२ गते १६:३७

२२ फागुन, वाग्लुङ । बाग्लुङको रिघा-७ मनेवापाटामा सुख्खा पहिरोले थुनिएको दरम खोला ओभर फ्लो भएर बग्न थालेको छ । पहिरोले मध्यपहाडी लोकमार्ग खण्ड भने पूरै अवरुद्ध छ ।

माथीबाट करिब २०० मिटर लम्बाइ र १५० मिटर चौडाइ भएको सुख्खा पहिरो खस्दा दरमखोला थुनिएको थियो । खोलाको बहाव थुनिएपछि सम्भावित डुबानका कारण स्थानीय त्रासमा थिए ।

दुई घण्टाभन्दा बढी समय थुनिएको खोलाको पानी अहिले भने ओभरफ्लो भएर साविककै स्थानबाट बगिरहेको छ । पानी बग्न शुरु गरेपछि स्थानीयले राहत महसुस गरेका छन् ।

खोला किनारमा बस्ती भएका र खोला छेउँछाउँमा काम गरिरहेकाहरुलाई त्यहाँबाट अन्यत्र जान प्रहरी चौकी खर्बाङले आग्रह गरेको छ । प्रहरी चौकी खर्वाङका प्रमुख प्रनानी भोजराज बानियाका अनुसार हिजोबाट नै माटो खस्न शुरु गरेका थियो भने बिहान ५ बजेको ठूलो पहिरो गएको थियो ।

पहिरोले मनकुमारी शाहीको घर जोखिममा पारेको छ । उनलाई प्रहरीले उद्धार गरी अन्यत्र सारेको छ ।

पहिरोले थुनिएको मध्यपहाडी लोकमार्ग केही दिनसम्म सञ्चालनमा आउने सक्ने स्थिति नभएको प्रनानी बानियाको भनाइ छ । उनका अनुसार सामान्य उपकरणले उक्त सडक खुलाउन नसकिने भएका कारण ठूला उपकरणहरु आवश्यक पर्ने र सडक खुल्न एक हप्ता जति लाग्नसक्छ ।

सडक अबरुद्ध हुँदा बुर्तिबाङ-काठमाडौंको यात्रा शुरु गरेका यात्रुहरु मर्कामा परेका छन भने गाडीहरु खर्बाङमै रोकिएका छन् ।

यातायातको लागि वामीटक्सार-काँडेबास-हटिया सडक खण्डलाई बैकल्पिक सडकको रुपमा प्रयोग गर्न सकिने छ ।
त्यस क्षेत्रमा केही दिनयता निरन्तर डोजर प्रयोग गरी सडक स्तरोन्नतीको काम चलिरहेको थियो । जसले गर्दा जमिन कमजोर भइ पहिरो गएको अनुमान गरिएको छ ।

– अनिश शर्मा गैरेबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?