२३ फागुन, काठमाडौं । धुर्मस-सुन्तली फाउण्डेसनले महोत्तरीको बर्दिबासमा निर्माण गरिरहेको एकीकृत नमुना मुसहर वस्तीमा एक हप्ते श्रमदान गर्न सिन्धुपालचोकको गिरान्चौर एकीकृत नमुना बस्तीबाट आएकाहरुलाई बिदाई गर्दा मुसहरहरु भावुक बनेका छन् ।
पहाडी जिल्लाबाट श्रमदान गर्न आइपुगेका उनीहरुलाई मुसहर बस्तीका स्थानीयहरु मधेशको पहिचान गम्छाको पगडी लागाएर गिरान्चौर वस्तीका व्यवस्थान समिति अध्यक्ष रामबहादुर तमाङ्गलाई अविर लगाएर मायाको चिनो प्रदान गरेका थिए ।
गिरानचौरका स्थानीयहरुको तर्फबाट नमुना वस्तीका अध्यक्ष तमाङ्गले अविर लगाएर एकीकृत नमुना मुसहर बस्तीका अध्यक्ष विल्टु सादालाई ढाका टोपी लगाएर मायाको चिनो साटा साट गरेका थिए ।
गिरान्चौरबासीले धुर्मुसलाई ढाका टोपी लगाएर र बर्दिबासका मुसहर बस्तीका बासिन्दाले गम्छा ओढाएर सम्म्ाान गरेका थिए ।
‘हामीले चाहेको सद्भाव, हामीले खोजेको एकता गिरान्चौर एकीकृत नमुना बस्ती सिन्धुपाल्चोकका स्थानीय बासिन्दा -तामाङ्ग) र एकीकृत नमुना मुसहर वस्तीका -मुसहर)हरु बीचमा मायाको चिनो – ढाकाटोपी र गम्छा) साटासाटले सिङ्गो देशले खोजेको एकता यहिनै हो सन्देश दिएको छ,’ विदाई कार्यक्रममा धर्मुसले भने, ‘देश बनाउन सबै एकबद्ध हुनु पर्छ ।’
एकहप्ते श्रमदानपछि गिरान्चौरवासी मुसहर वस्तीबाट फर्किँदै गर्दाकोे क्षणले मुसहर बस्तीका बासिन्दाहरु भावुक भएका थिए ।
प्रतिक्रिया 4