२३ फागुन, इनरुवा । सुनसरीको इनरुवामा मधेसी मोर्चाका कार्यकर्ताहरुले केपी ओलीलाई ‘मधेस विरोधी’ भन्दै नाराबाजी गरिरहेका बेला मञ्चमा ओली चाँहि मधेसीजस्तै भेषभुषामा सजिएर चुपचाप बसिरहेका थिए ।
एमाले अध्यक्ष ओली सेतो कूर्ता सुरुवालमा सजिएका थिए । खैरो स्टकोटमाथि गम्छा भिरेका थिए ।
मेची-महाकाली अभियानको टोपी शीरमा थियो । कूर्ता सुरुवालमा चप्पलको साटो छालाका काला जुत्ता लगाएका ओली मञ्चमा निकै गम्भीर मुद्रामा देखिन्थे ।
मञ्चमा उपस्थित एमालेका अन्य शीर्ष नेताहरुले कूर्ता सुरुवाल नलगाए पनि प्रायः सबैले गम्छा भिरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4