+
+

‘सक्षम’को सहयोगमा एनएमबी माइक्रोफाइनान्सले मनाङ, मुस्ताङमा पनि सेवा दिने

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन २३ गते १७:३२


२३ फागुन, काठमाडौं । सक्षम– एक्सेस टु फाइनान्स परियोजनासँगको सहकार्यमा एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्थाले मनाङ, मुस्ताङ लगायतका विकट हिमाली जिल्लामा पनि वित्तीय सेवा पुर्याउने भएको छ । सोमबार काठमाडौंमा दुई संस्थाबीच ‘सक्षम उद्यमशील कर्जा’ सेवा सञ्चालन सम्बनिध सम्झौता भएको छ ।

यो सेवा अन्तरगत एनएनबी माइक्रोफाइनान्सले अन्नपूर्ण ट्रेलमा रहेका साना तथा मझौला व्यवसायीलाई लक्षित गरेर वित्तीय सेवा दिने प्रदान गर्ने भएको छ । २ वर्षको अवधिसम्म मनाङ, मुस्ताङ, रुकुम, म्याग्दी र इलाम गरी कुल ५ जिल्लामा यो कर्जा कार्यक्रम सञ्चालनमा आउनेछ । यसबाट ७ हजार ५ सय व्यक्ति लाभान्वित हुने र कम्तिमा पनि ३ हजार ५ सयवटा साना तथा मझौला व्यवसायले दिगोपना पाउँने अपेक्षा गरिएको छ ।

‘हामी यो कर्जा चलनचल्तिमाभन्दा निकै कम अर्थात् १४ प्रतिशत ब्याजदर राखेर लगानी गर्नेछौं,’ एनएमबी माइक्रोका प्रमुख कार्यकारी अधिकृत रत्न कोनाजोले भने । एनएमबी माइक्रो र सक्षमको सहकार्यमा सञ्चालनमा आउने यो कार्यक्रमको लक्ष्य मध्यम (मिडल) वर्गको वित्तीय पहुँच वृद्धि गर्नु पनि रहेको छ । यो कर्जा लगानीको क्रममा मोबाइल, ट्याबलोइड जस्ता प्रविधिको समेत प्रयोग गरिने भएको छ ।

यस्ता कार्यक्रमले महिलाहरुको साक्षरतामा समेत बिकास गरेको र हाल बैंक र लघुवित्तको दायराबाट बाहिर रहेका मध्यम व्यवसायीहरुको पहुँच बिस्तारमा सहयोग पुगेको राष्ट्र बैंकका निर्देशक रमण नेपालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?