+

अकुपन्चर थेरापी कसरी गरिन्छ, के छन् फाइदा ?

२०८० भदौ  २५ गते १४:०८ २०८० भदौ २५ गते १४:०८
Shares
अकुपन्चर थेरापी कसरी गरिन्छ, के छन् फाइदा ?

अकुपन्चर थेरापी एक परम्परागत चिनियाँ उपचार पद्धति हो । अकुपन्चर दुई फरक शब्दबाट बनेको छ । अकु अर्थात् सुई र पन्चर अर्थात् घोच्ने । शरीरका विशेष बिन्दुहरुमा सियोले घोचेर गरिने उपचार पद्दति हो, अकुपन्चर ।

पाँच हजार वर्ष पहिला चिनियाँ परम्परागत उपचार पद्धतिको रुपमा अकुपन्चर विकसित भएको थियो । इतिहास लामो बोकेको यो उपचार पद्धति सन् १९७९ मा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को मान्यता पछि विश्वका अधिकांश देशमा प्रयोग हुँदै आएको छ ।

डब्लुएचओले २५० वटा रोगमा अकुपन्चर प्रभावकारी रहेको ठहर गरे पनि विश्वव्यापी रुपमा अकुपन्चर हाडजोर्नी तथा नसासम्बन्धी समस्यामा प्रयोग हुँदै आएको छ । कम्मरको दुखाइ, गर्दनको दुखाइ, पारालाइसिस, न्युरलजिया, माइग्रेन, एन्जाइटी, डिप्रेसन, ग्यास्ट्रिकको समस्यामा पनि अकुपन्चर प्रभावकारी छ ।

यसले कसरी काम गर्छ ?

शरीरमा मुख्य गरी मेरिडियनमा अवस्थित ३६१ अकुपन्चर बिन्दु हुन्छन् । जुन समस्या अनुसारको छुट्टाछुट्टै रोगमा प्रयोग गरिन्छ । सो बिन्दु अकुपन्चरिस्ट पहिचान गर्न सक्छन् । यद्यपि तीमध्ये ९० वटा बिन्दु छानेर उपचार गर्ने अहिलेसम्मको अभ्यास छ ।

रोगको पहिचान गरेपछि ९० वटा बिन्दु छानेर त्यसमा ‘फिलिफर्म’ नामक सियोले घोचिन्छ । एउटा बिन्दुबाट अकुपन्चर बिन्दुहरूमा सुईले केन्द्रीय स्नायु प्रणाली र मांसपेशीलाई प्रभाव पार्नुका साथै शरीरका धेरै भागमा रगतको प्रवाह पनि बढाउने, इन्डोरफिन हार्मोन रिलिज गराई प्राकृतिक पेन किलरको काम गर्छ ।

त्यस्तै, अटोनामिक नर्भस सिस्टममार्फत शरीरको नसा, रक्तचाप, पारा सिम्पाथेटिकको आउट फ्लोलाई सन्तुलन गर्छ । रोगसँग लड्ने क्षमता बढाइदिन्छ । साइकोलोजिकल प्रभाव बढ्छ, जसले दिमागले निकाल्ने केमिकललाई सन्तुलन गर्छ ।

कुपन्चरको सिद्धान्त

अकुपन्चरको कार्यमा दुईवटा सिद्धान्त लागू हुन्छ । प्राचीन चिनियाँ मेडिसिन र मोडर्न चिनियाँ मेडिसिन कन्स्पेट ।

प्राचीन चिनियाँ मेडिसिन अनुसार शरीरमा दुईवटा फोर्स हुन्छ, सकारात्मक र नकारात्मक । चिनियाँ भाषामा सकारात्मकलाई ‘यिङ’ र सकारात्मकलाई ‘याङ’ भनिन्छ । यी दुई तत्वको सन्तुलन बिग्रिंदा रोग लाग्छ । यसलाई सन्तुलन गर्ने टेक्निक ‘इङयाङ ब्यालेन्स सिद्धान्त’ हो ।

यसमा यिङ र याङको सन्तुलन बिग्रिनुको कारण पत्ता लगाई त्यसले असर गरेको पोइन्ट समातेर उपचार गरिन्छ । जसले गर्दा रोग निको हुन्छ ।

आधुनिक विज्ञानका अनुसार अकुपन्चरका ६ वटा प्रभाव छन् ।

एनाल्जेसिक्स इफेक्ट : अकुपन्चर गर्दा प्राकृतिक पेन किलर रिलिज हुन्छ । जसले गर्दा शरीरमा हुने सबै किसिमको दुखाइजन्य समस्या कम गर्छ ।

सिडेक्टिभ इफेक्ट : दिमागले तरंगहरु निकाल्छ । त्यो तरंगलाई अकुपन्चरले सन्तुलन गरिदिन्छ । जसले गर्दा एन्जाइटी, डिप्रेसन लगायत विभिन्न मानिसक समस्यामा मद्दत गर्छ ।

इम्युनोइन ह्यान्सिन इफेक्ट : अकुपन्चरको निश्चित केही बिन्दुमा घोच्दा शरीरमा प्रतिरोध क्षमता सन्तुलन हुन्छ । यसले प्राकृतिक रुपमा प्रतिरोध क्षमता बढाउँछ ।

होमोस्ट्याटिक ब्यालेन्स : यसले स्नायुप्रणालीमा हुने पारासिमप्याथेटिक र सिमप्याथेटिक प्रवाहलाई सन्तुलन गर्छ । जसले गर्दा मुटुको हार्ट रेट, पल्स र शरीरमा उत्पादन हुने हार्मोन रिलिजलाई समेत सन्तुलन गर्छ ।

मोटर रिकभरी : प्यारालाइसिस भएका व्यक्तिमा यस उपचार विधिले दिमागको चलेको भागलाई बायो फिडब्याक मेकानिजममार्फत दिमागको अर्को भागलाई ट्रेनिङ गरेर निको बनाउन मद्दत पुग्छ ।

साइकोलोजिकल इफेक्ट : ब्रेनमा हुने नियुरोरसायनहरुलाई सन्तुलन गर्छ । पार्किन्सन,  उपचारमा प्रभावकारी छन् ।

बिरामीको अवस्था अनुसार अकुपन्चरसँगै अकुप्रेसर र फिजियोथेरापी गर्दा झनै प्रभावकारी र छिटो नतिजा निस्किन्छ ।

अकुपन्चरसम्बन्धी केही जिज्ञासा

अकुपन्चर कति पटक गर्ने ?

अकुपन्चर १० दिनसम्म दैनिक गर्नुपर्छ । त्यसपछि केही दिनको फरकमा पुन: बिरामीको अवस्था हेरेर गरिन्छ । कति पटकसम्म अकुपन्चर गर्ने भन्ने कुरा व्यक्ति अनुसार र रोगअनुसार पनि फरक पर्न सक्छ । प्यारालाइसिस भएकालाई ९० दिनसम्म गरिन्छ । पुरानो र जीर्ण रोगमा धेरै समय लाग्छ ।

अकुपन्चरमा प्रयोग हुने सुईले दुख्छ ?

अकुपन्चरमा लगाइने सुई देख्दा धेरैलाई दुख्न सक्छ कि भन्ने लाग्न सक्छ । सामान्यतया अकुपन्चरको सई राख्दा केही घोचेको जस्तो अनुभव हुन्छ तर दुख्दैन । किनभने यसमा प्रयोग हुने सुई निकै मसिनो २.५ एमएम डायोमिटरको  हुन्छ । कहिलकाहीं संवेदनशील बिन्दुमा राख्दा हल्का दुखाइ हुन्छ । जुन कमिलाले टोकेको वा चिमोटेको जस्तै हुन सक्छ ।

खर्च

एक चरणको ५० देखि ७०० रुपैयाँसम्म खर्च लाग्न सक्छ ।

र्घरोगको औषधि लिइरहेकाले अकुपन्चर गर्न मिल्छ कि मिल्दैन ?

दीर्घरोग भएका व्यक्तिलाई यसले कुनै साइड इफेक्ट गर्दैन । अकुपन्चर यस्तो पद्दति हो, जुन सबै चिकित्सा पद्धतिसँग मिसाउन मिल्ने भएकाले दीर्घरोग भएकाले पनि गर्न सक्छन् ।

तर रगत पातलो हुने रोगमा भने रगत जाने सम्भावना हुन्छ । यस्तो अवस्थामा भने विशेष सावधानी अपनाएर मात्र गर्न सकिन्छ ।

ध्यान दिनुपर्ने कुरा

अकुपन्चर धेरै समयसम्म भोको रहेको अवस्थामा गर्न मिल्दैन । मदिरा सेवन गरेको समय, गर्भवतीको पहिलो र अन्तिम चरणमा तथा सरुवा रोगमा गर्न मिल्दैन ।

(अकुपन्चरिस्ट बस्नेत सुस्वास्थ्य अस्पतालका अध्यक्षसमेत हुन् )

अकुपन्चर स्वास्थ्य
अकु. सुदर्शन बस्‍नेत
लेखक
अकु. सुदर्शन बस्‍नेत
अकुपञ्चरिस्ट

एनएचपीसी-बी ३ दुई दशकदेखि अकुपञ्चर, अकुप्रेसर, मोक्सीबस्टनको क्षेत्रमा कार्यरत, नयाँबानेश्वरस्थित सुस्वास्थ्य अस्पतालका सञ्चालक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

रोगप्रतिरोधि क्षमता, दीर्घायु र यौवन जोगाउने अमला

रोगप्रतिरोधि क्षमता, दीर्घायु र यौवन जोगाउने अमला

हात पोल्यो, तुरुन्त के गर्ने ? जानी राखौं ६ घरेलु उपाय

हात पोल्यो, तुरुन्त के गर्ने ? जानी राखौं ६ घरेलु उपाय

बन्यो खोकीको आवाजबाट फोक्सोको समस्या पत्ता लगाउने एप, अस्पतालले दियो अनुमति

बन्यो खोकीको आवाजबाट फोक्सोको समस्या पत्ता लगाउने एप, अस्पतालले दियो अनुमति

गलगाँड हटायो आयोडिनयुक्त नुनले, तर त्यसैले बढाउँदैछ थाइराइडको जोखिम

गलगाँड हटायो आयोडिनयुक्त नुनले, तर त्यसैले बढाउँदैछ थाइराइडको जोखिम

जाडोमा कम पानी पिउनु किन हुन सक्छ खतरनाक ?

जाडोमा कम पानी पिउनु किन हुन सक्छ खतरनाक ?

राणा शासन अन्त्य गर्न विदेशी स्वास्थ्यकर्मीहरूको त्यो योगदान

राणा शासन अन्त्य गर्न विदेशी स्वास्थ्यकर्मीहरूको त्यो योगदान