Comments Add Comment

अख्तियारद्वारा जिविस बाराका दुई कर्मचारीमाथि भ्रष्टाचार मुद्दा दायर

२३ फागुन, काठमाडौं । जिविस बाराका दुई कर्मचारीलाई सरकारी रकम दुरुपयोग गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिशेष अदालतमा बिगो दावीसहित मुद्दा दायर गरेको छ ।

बाराको कर्चोवा गाविससमित जयपत प्रसाद यादव र जिविस बाराका योजना प्रमुख भनिएका सूचना तथा सामाजिक बिकास अधिकृत भरतप्रसाद यादवलाई सामाजिक सुरक्षा भत्ताको सरकारी रकम दुरुपयोग गरेको अभियोगमा अख्तियारले मुद्दा दायर गरेको हो ।

आरोपी भरतप्रसाद यादवबिरुद्ध ६ लाख ४५ हजार १५० बिगो दावीसहित मुद्धा दायर गरिएको छ । भने गाविस सचिव जयपत यादवको २०७१ माघमै मृत्यु भइसकेकाले उनको हकदारबाट असुल गरिने गरी ८ लाख ९६ हजार बिगोदावीसहितको मुद्धा दायर गरिएको अख्तियारको बिज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment