Comments Add Comment

सप्तरी घटनाप्रति थारुहटको आपत्ति, मोर्चाको आन्दोलनलाई साथ दिने

२४ फागुन, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले सञ्चालन गरेको मेची-महाकाली अभियानका क्रममा सोमबार सप्तरीमा भएको घटनाप्रति थारुहट तराई पार्टी नेपालले आपत्ति जनाएको छ । अधिकार मागेका मधेसीहरुमाथि सरकारले अन्धाधुन्ध गोली चलाएको भन्दै थारुहट पार्टीले आपत्ति जनाएको हो ।

संविधान संशोधन गरेर मधेसी तथा थारुहरुको माग सम्बोधन नगरेर स्थानीय तह निर्वाचनको घोषणा गरेर मुठभेड निम्त्याएको आरोप लगाउँदै थारुहटले अधिकारका निम्ति सडकमा उत्रिएका निहत्था मधेसीहरुको आवाजलाई गृह प्रशासनले बन्दुकका नालले दबाउन खाजेको बताएको छ । सोमबार चार जना मधेसी नागरिकको हत्या गर्नेलाई कारबाही गर्न पनि थारुहटले माग गरेको छ ।

प्रेस विज्ञप्ति जारी गर्दै थारुहटले एमालेले मेची-महाकाली अभियानको नाटक गरेर सामाजिक सद्भाव विथोल्न खोजेको आरोप समेत लगाएको छ । ‘एमालेद्धारा सुरु गरिएको मेची महाकाली अभियानको क्रममा सप्तरीमा शान्तिपूर्ण आन्दोलनरत मधेसी आन्दोलनकारीहरुमाथि प्रहरी प्रशासनले अन्धाधुन्ध गोली चलाई चार जनाको नृसंस हत्या गरेकोमा घोर भत्र्सना गर्दै खेद व्यक्त गर्दछौं ।’ विज्ञप्तिमा भनिएको छ ।

पार्टीले मृतकलाई सहिद घोषणा गर्न र घाइतेको उपचार गर्न पनि सरकारसँग माग गरेको छ । मोर्चाको आन्दोलाई थारुहटले पनि साथ दिने विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment