+
+

सीसीडी रेसियो कटाएका ६ बैंकको अनेक बहानाबाजी, ‘पछिल्लो छुटको लाभ’ भने नपाउने

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन २४ गते १७:२५


२४ फागुन, काठमाडौं । कोर पुँजी र निक्षेपको जोड रकमको तुलनामा ८० प्रतिशतभन्दा बढि कर्जा लगानी गरेका (सीसीडी रेसीयो कटाएका) बैंकहरुले सीसीडी गणनामा पछिल्लो समय दिएको नीतिगत छुटको आधारमा कारवाहीबाट नबच्ने भएका छन् ।

‘यस्तो घोषणा हुनु अगावै आफ्नो भुमिकाबाट बिमुख भएका बैंकहरुले छुट पाउँने भन्ने सवाल नै उठ्दैन्, त्यसमा कसैले शंका नगरे हुन्छ,’ नेपाल राष्ट्र बैंकका एक कार्यकारी निर्देशकले अनौपचारिक छलफलमा भने ।

राष्ट्र बैंकले फागुन १९ गतेबाट आगामी असार मसान्तसम्मको लागि बैंकहरुले उत्पादनशील, विपन्न वर्ग र युवाहरुलाई कृषि अनुदानसम्बन्धि कार्यक्रममा गरिएको लगानीको ५० प्रतिशत रकम सीसीडी गणनामा घटाउन पाउने सुविधा दिएको थियो । उनले यो नियम असारपछि निरन्तरता पाउँने नपाउँनेमा भने जानकारी दिन चाहेनन् ।

यद्यपी ती बैंकहरुले सीसीडी कट्नुमा बिभिन्न कारण भएको भन्दै बाहाना बाजी गरिरहेको ती अधिकारीले भने । ‘उनीहरुसँग हामीले  स्पष्टिकरण लिइरहेका छौं तर कहिले के गणना गर्न छुटेकोले सीसीडीको सीमा नाघेको बताइरहेका छन भने कहिले के देखाउँछन्,’ उनले भने । बैंकहरुले दिएको जवाफको आधारमा फेरी राष्ट्र बैंकले त्यसको सुक्ष्म अध्ययन गर्नेमा विश्वस्त हुन उनले आग्रह गरे ।

राष्ट्र बैंकले यसरी सीमाभन्दा बढिको कर्जा लगानी गरेका ६ वटा बैंकहरु कुन–कुन हुन् भनेर जानकारी दिएको छैन् । तर सरकारी लगानीको कृषि बिकास बैंकले चालु आवको दोस्रो त्रैमाशको वित्तीय विवरणमा नै सीसीडी रेसीयो ८२.९७ प्रतिशत पुगेको देखाएको थियो । जनता बैंकले पनि यस्तै विवरणमा यो सीमा ८०.४६ प्रतिशत रहेको देखाएको थियो । राष्ट्र बैंकका अधिकारीहरुले यस्ता बैंकलाई कडा कारवाही गर्ने बताउँदै आएका छन् । यो नियम तोड्ने बैंकहरुले कस्तो कारवाही पाउँने छन् भन्ने स्पष्ट छैन् । तरपनि राष्ट्र बैंकको निर्देशन तथा ऐनमा भएको व्यवस्था परिपालना नगर्दा दिइने कारवाही विधि नै लगाइनसक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?