Comments Add Comment

सप्तरीका नयाँ सीडीओमा कटवाल, प्रहरी र सशस्त्रको पनि नयाँ प्रमुख तोकिए

कृष्णबहादुर कटवाल

२४ फागुन, काठमाडौं । गृह मन्त्रालयले सप्तरीका प्रमुख जिल्ला अधिकारी (सीडीओ)मा कृष्णबहादुर कटवाललाई पठाएको छ ।
अर्खाखाँचीका प्रजिअ कटवाललाई सप्तरी सरुवा गरिएको मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले जानकारी दिए । त्यस्तै सप्तरी प्रहरी प्रमुखमा उपरीक्षक अनुराग द्विवेदी र सशस्त्र प्रहरी बलको उपरीक्षकमा रामआधार झालाई खटाइएको छ ।

यसअघि बिहान मन्त्रालयले सप्तरीका प्रजिअ उद्धव तिमिल्सिना, नेपाल प्रहरीका उपरीक्षक दिवस लोहनी र सशस्त्र प्रहरी बलका उपरीक्षक जयबहादुर खड्कालाई फिर्ता बोलाएको थियो ।

सप्तरीको अवस्था असहज भएकाले उनीहरुलाई फिर्ता बोलाएर नयाँ टोली पठाइएको मन्त्रालयका प्रवक्ता पन्थीले बताए ।

सोमबार नेकपा (एमाले) ले आयोजना गरेको मेची–महाकाली अभियानमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले अवरोध गर्दा प्रहरीसँगको झडपमा गोली लागी मोर्चाका तीन कार्यकर्ताको मृत्यु भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment