Comments Add Comment

समयमा सम्पन्न भएन विमानस्थल कालोपत्र


२५ फागुन, भोजपुर । भोजपुर सदरमुकाममा रहेको एकमात्र विमानस्थलको धावनमार्गको कालोपत्र गर्ने काम तोकिएको समयमा नसकिने भएको छ ।

पाँचसय ४५ मिटर लम्बाइ र २० मिटर चौडाइ रहेको विमानस्थलको स्तरोन्नति ६५ प्रतिशत मात्र सकिएकाले तोकिएकै समयमा काम नसकिने भएको हो ।

काम गत मङ्सिर २४ देखि फागुन २५ गतेसम्म तीन महिनामा सक्ने लक्ष्यसहित थालिएको थियो । काम नसकिएपछि जिल्ला प्रशासन कार्यालय, जिविस र सुरक्षा निकायले अनुगमनसमेत गरेको छ ।

अनुगमनका क्रममा ठेकेदार कम्पनीलाई सोधपुछ गरी चैत १० गतेसम्म जहाज अवतरण गर्न मिल्ने बनाउन पनि निर्देशन दिएको स्थानीय विकास अधिकारी सीता परियारले जानकारी दिए । ठेकेदार कम्पनीले भने डिजेल अभावका कारण काममा ढिलाइ भएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment