Comments Add Comment

सप्तरीमा मधेसी मोर्चाको प्रदर्शन अराजकतातर्फ, एमाले नेताहरुको घरमा तोडफोड

प्रमुख निर्वाचन आयुक्तको घरमा पनि ढुंगामुढा

फाइल तस्वीर

२५ फागुन, राजविराज । सप्तरीमा आन्दोलनरत मधेसी मोर्चाका कार्यकर्ताहरु एमाले नेताहरुको घर तोडफोडमा उत्रिएका छन् । प्रदर्शनकारीले प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवको घरमा पनि ढुंगामुढा गरेका छन् ।

तोडफोडमा मोर्चामा आवद्ध दलका जिल्लास्थित प्रमुख नेताहरुले नै अगुवाई गरेको देखिएको छ ।

राजविराज घटनापछि प्रमुख जिल्ला अधिकारीका साथै नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुख फेरिएका छन् । पुराना अधिकारीहरु गृह मन्त्रालय हाजिर भइसकेका छन् भने नयाँ सीडीओ र सुरक्षा प्रमुखहरु कार्यक्षेत्रमा पुगिसकेका छैनन् ।

मोर्चाका कार्यकर्ताले एमाले केन्द्रीय सदस्य सुनमनराज प्याकुरेलको राजविराज ४ स्थित घरमा तोडफोड गरेका छन् । उनीहरुले हानेको ढुंगाबाट झ्यालका शिशा फुटेका छन् । एमाले नेता रामानन्द देवको राजविराज ९ स्थित लिटिल फ्लावर स्कुल र घरमा पनि तोडफोड गरेका छन् ।

प्रदर्शनकारीहरु एमाले सांसद रञ्जु ठाकुरको घरमा पनि पुगेका थिए । तर, कोही नभएको भन्दै फर्किएका छन् । मधेसी मोर्चाका कार्यकर्ताले एमाले जिल्ला पार्टी कार्यालयमा तोडफोड गर्दै पार्टीको बोर्ड र झण्डा जलाइदिएका छन् ।

मधेसी मोर्चा सप्तरीमा राजविराज घटनाको विरोधमा अनिश्चितकालीन बन्द आहृवान गरेको छ र, एमाले समर्थकलाई सामाजिक बहिस्कार गर्ने चेतावनी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment