Comments Add Comment

सहरका धारामा किन आयो गुलाबी रंगको पानी ?

सहरबासीका धाराहरुमा गुलाबी रंगको पानी आउन थालेपछि सरकारले माफी माग्नु परेको छ । हामीकहाँ पानी नै नआउँदा तथा लेदो आउँदा समेत सरकारलाई मतलब हुँदैन । तर क्यानडाको एक सहरको प्रशासनले भने धारामा गुलाबी रंगको पानी आएपछि जनताहरुसँग माफी नै मागेको छ ।

क्यनडाको अल्बेर्टास्थित वनोवेका मानिसहरुले गत सोमबार आफ्ना घरका धारामा गुलाबी रंगको पानी आएको भन्दै नगर प्रशासन कार्यालयमा गएर गुनासो गरे । त्यस्तो गुनासो आएपछि आखिर के भएको रहेछ भनेर प्रशासनले जाँच गर्यो । त्यसपछि बल्ल पत्ता लाग्यो गुलाबी पानी आउनुको रहस्य ।

सहरका मेयरले जारी गरेको विज्ञप्तीअनुसार पानी प्रशोधन केन्द्रमा प्रयोग गरिएको पोटासियम परम्याग्नेट नामक रसायनको खराब साइड इफेक्टका कारण पानीको रंग बदलिएको रहेछ ।

यो रसायन मिसिएर गुलाबी रंगमा बदलिएको पानी पिउँदा पनि मानिसहरुको स्वास्थ्यमा असर नपर्ने तर यसबारेमा जनतालाई समयमै जानकारी नगराउँदा मानिसहरुमा त्रास उत्पन्न भएको भन्दै मेयरले माफी मागेका छन् ।

पानी प्रशोधन गर्दा पानीमा भएको आइरन र हाइड्रोजन सल्फाइडलाई हटाउनका लागि पोटासियम परम्याग्नेटको प्रयोग गरिन्छ । तर यसो गर्दा केही प्राविधिक गडबडी भएकाले पानीको रंग नै बदलिन पुुगेको हो ।

यद्यपि विश्व स्वास्थ्य संगठनले भने उक्त रसायनले मानिसमा छाला चिलाउने समस्या ल्याउने बताएको छ । बीबीसी

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment