Comments Add Comment

बैवाहिक जीवनलाई कसरी सफल बनाउने ?

बैवाहिक जीवनलाई कसरी सफल, सुखमय र सुमधुर बनाउने ? अक्सर दम्पती यसैको खोजीमा हुन्छन् । घुमेर, रमाइलो गरे, उपहार आदनप्रदान गरेर जसरी हुन्छ एकअर्कामा खुसी बाढिरहेका हुन्छन् । जब एक दम्पतीबीच सम्बन्ध बलियो र मीठासपूर्ण हुन्छ, घर-परिवार उज्यालो हुन्छ । पारिवारीक बन्धन कसिलो हुन्छ । बैवाहिक जीवनलाई कसरी थप सफल बनाउने त ? यसका केहि काइदा छन् ।

१. घरलाई अफिस नबनाउने, आफ्नो निजी जीवनमा रमाउनुहोस् । परिवार, छोराछोरी, आमाबुवासँग समय साझेदार गर्नुहोस् ।

२. कोहिपनि समग्र रुपले पूर्ण हुँदैन । त्यसैले बढी अपेक्षा कसैमाथि थोपर्नु हुन्न । गल्तीका बावजुतपनि प्रेम गर्न सिकौं ।

३. पती-पत्नीको सम्बन्ध बिश्वासमा टिकेको हुन्छ, आफ्नो सम्बन्धमा त्यस्तो ठाँउ नछाड्नुहोस् जहाँ शंकाले स्थान पाउँछ ।

४. एकअर्काको परिवारबारे टिप्पणी नगरौं, दुबैको परिवारलाई पति-पत्नीले सम्हानजनक, सौहार्द्धपूर्ण व्यवहार गरौं ।

५. धेरैजसो पारिवारिक कलह पैसाको कारणले हुन्छ । त्यसैले खर्च गर्नुअघि घरको मासिक बजेट तयार गरौं । कति खर्च गर्ने, कति बचत गर्ने सबै तय गर्नुपर्छ ।

६. सानोसानो कुरामा खुसी हुने अभ्यास गरौं । एकअर्काको गल्तीमा माफी दिन सिकौं ।

७. सम्बन्धमा इमान्दारीता हुनैपर्छ । छल, कपट, इष्र्या नगरौं । पती-पत्नीबीच आपसका सबै कुरा शेयर गरौं ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment