Comments Add Comment

जब, अनुष्कालाई रणवीरले भूत बनेर तर्साए…


बलिउडका चर्चित नायक रणवीर कपुर यतिबेला नायक संजय दत्तको बायोग्राफीमा आधारित रहेर तयार भैरहेको चलचित्रमा काम गरिरहेका छन् । संजय दत्तको भूमिकामा देखिन रणवीरले पनि खुबै मिहिनेत गरिरहेका छन् ।

यो चलचित्रमा नायिका अनुष्का शर्माको पनि विशेष भूमिका छ । अनुष्का निर्मित तथा अभिनित चलचित्र ‘फिल्लौरी’ प्रदर्शनका लागि पनि तयार भएको छ । यो चलचित्रमा उनी भूतको भूमिकामा देखिएकी छिन् ।

उनै, अनुष्का संजय दत्त बायोपिक चलचित्रमा काम गर्नका लागि भोपाल पुगिन् । भोपालको जेहेन नुमा होटलमा उनी पुग्ने भएपछि रणवीरले पनि उनलाई तर्साउने राम्रै उपाय खोजेछन् । अनुष्का होटल पुगेपछि अनौठो किसिमको आवाज सुनिन थाल्यो । होटलमा, प्रवेश गर्ने वित्तिकै अनुष्काले रणवीरलाई, होटलमा भूत रहेको बताइन् ।

उनले, चलचित्रको टिमलाई होटल छाड्न आग्रह समेत गरिन् । तर, पछि मात्र उनले रणवीरको यो मजाक वुझिन् । रणवीरले अनुष्काको चलचित्र प्रमोशनको नयाँ तरिका अपनाएर उनलाई नै तर्साउन सफल भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment