Comments Add Comment

भारतीय दूतावासले भन्यो-आनन्दबजारमा एसएसबीले गोली चलाएको होइन

२६ फागुन, काठमाडौं । भारतीय दूताबासले कञ्चनपुरको आनन्दबजारमा भएको झडपमा सीमा सुरक्षा बल (एसएसबी)ले गोली नचलाएको दाबी गरेको छ ।

आनन्दबजारमा भारतीय हस्तक्षेपको विरोधमा उत्रिएका स्थानीयबासी र भारतीय पक्षबीच बिहीबार झडप भएको थियो । त्यसक्रममा भारतीय पक्षबाट चलेको गोली लागेर नेपाली नागरिक गोविन्द गौतमको मृत्यु भएको छ ।

एसएसबीले गोली चलाएको नेपाली पक्षको दाबी छ । तर, भारतीय दूताबासले यसलाई अस्वीकार गर्दै भनेको छ, ‘आनन्दबजारस्थित सीमाक्षेत्र नजिक एसएबीले गोली चलाएको घटनालाई कडारुपमा अस्वीकार गरिन्छ ।’

दूताबासले ट्वीट गर्दै स्थितिलाई साम्य पार्न जिल्ला अधिकारीहरुलाई आपसमा समन्वय गर्न निर्देशन दिइएको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment