यतिबेला मोडल तथा नायिका माला लिम्बुको चर्चा नेपाली चलचित्र बजारमा राम्रै छ । विशेषगरि, चलचित्र ‘पर्व’को ‘काले दाई काले दाई’ बोलको गीतका कारण उनको चर्चा खुबै छ ।
उनै, नायिका लिम्बुले केटाहरु ‘गधा’ जस्तो लाग्ने बताएकी छिन् । ‘शुक्रबार साप्ताहिक’मा दिएको इन्टरभ्यूमा मालाले भनेकी छिन्-‘मलाई त केटाहरु गधाजस्ता लाग्छन् । कस्तोलाई छान्ने छान्ने ? जस्तो गायिका वियोन्सलाई हेर्नुहोस् न, कति कमिटेड छ । तर, उसको प्रेमी जेजे अरु केटीलाई नहेरी बस्छ होला र ? यस्ता, कुरा हुँदा चै विवाहसिवाहमा चाख लाग्दैन ।’
मालाले केटाहरु कमिटेड समेत नहुने बताएकी छिन् । उनले केटाहरुले धेरै मन डुलाउने गरेको समेत गुनासो गरिन् । मालाले नायक अनुपविक्रम शाहीसँगको अफेयरको हल्लालाई समेत हल्ला भनेकी छिन् ।
उनले, २ वटा चलचित्रमा आइटम गीत गर्ने वित्तिकै बजारमा ‘आइटम गल’को रुपमा परिचित भएको आफूलाई पनि महशुश भएको बताइन् । उनले बलिउड नायक सलमान खानसँग पाएको खण्डमा मात्र आफूले आइटम गीत गर्ने बताइन् । साथमा, क्लासी टाइपको गीत र सेटअप भयो भने मात्र गर्ने नत्र आइटम गीत नगर्ने बताएकी छिन् ।
प्रतिक्रिया 4