Comments Add Comment

‘सप्तरी घटना ठूलो क्षति रोक्नका लागि गरिएको बाध्यात्मक कारबाही हो’

फाइल तस्वीर

२७ फागुन, काठमाडौं । गृहमन्त्री बिमलेन्द्र निधिले सप्तरी घटनाबारे सुरक्षा निकायले ठूलो क्षति रोक्नका लागि गरेको बाध्यात्मक कारबाही भएको जनाएका छन् ।

एमालेको मेची महाकाली अभियानमा अवरोध गर्ने मधेसी मोर्चाका कार्यकर्तालाई प्रहरीले गोली प्रहार गरेको घटनाबारेमा शुक्रबार संसदमा जानकारी दिँदै गृहमन्त्रीले ठूलो क्षति हुनबाट जोगाउन गोली चलाउनुपरेको स्पष्टीकरण दिएका हुन् ।

उनले एमालेको कार्यक्रम भइरहेका बेला अनियन्त्रित भिड घरेलु हतियार र पेट्रोल बमसहित कार्यक्रमस्थलतर्फ अघि बढ्दा रोक्न खोजिएको तर नियन्त्रणबाहिर गएर ठूलो क्षति हुने भएपछि स्थानीय सुरक्षा अधिकारीको आदेशमा गोली चलेको प्रष्टीकरण दिएका हुन् ।

यसअघि सांसदहरुले सप्तरी घटनाबारे संसदमा सरकारको धारणा माग गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment