Comments Add Comment

एनसेल प्रकरणमा सरकारले राष्ट्रघात गर्‍योः बाबुराम

२९ फागुन, काठमाडौं । नयाँ शक्ति नेपालले एनसेलको बिक्रीमा लाग्ने पुँजीगत लाभकर नउठाउने सरकारको निर्णय राष्ट्रघात भएको बताएको छ ।

पूर्वप्रधानमन्त्री समेत रहेका नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले आइतबार विज्ञप्ति जारी गर्दै सरकारको निर्णयप्रति आपत्ति जनाएका छन् ।

‘एउटा कर अधिकृतले गर्नु पर्ने निर्णयअधिकार खोसेर मन्त्रिपरिषदमा ठाडो प्रस्ताव लगी निर्णय गराउनु जिर्लज्जताको पराकाष्ठा हो,’ उनले भनेका छन्, ‘एउटा गरीब किसानले आफ्नो मेहनत र पसिनाबाट जोडेको कुनै घर खेल समेत बिक्री गर्दा पूँजीगत लाभकर तिर्नु पर्ने व्यवस्था छ । तर, सोही प्रकृतिको सम्पत्ति एनसेल बेचबिखन हुँदा सिंगो राज्य संयन्त्र कर छलीमै सघाउ पुर्‍याउने गरी लाग्नु भ्रष्टाचार मात्र होइन, यो राष्ट्रघात हो । अर्बौं नाफा गर्ने कम्पनीलाई कर उन्मुक्ति दिने प्रपञ्च नीतिगत अपराध हो ।’

एनसेललाई लाभकर असुल गर्नबाट उन्मुक्ति दिँदा ३३ अर्ब राज्यले गुमाएको भन्दै नयाँ शक्तिले भनेको छ, ‘यो सानो र चुप लागेर बस्ने विषय होइन । एउटा विदेशी लगानी भएको कम्पनीलाई मिलेमतोमा भ्रष्टाचार गर्न सघाउ पुग्ने गरी राजश्व संकलनमा उन्मुक्ति दिने सरकारी निर्णय टुलुटुलु हेरेर बस्न सकिँदैन ।’

कांग्रेस र माओवादीबीच उच्चस्तरमा सहमति भएको भन्दै उसले जबरजस्त निर्णय गर्नु अपराध भएको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment