Comments Add Comment

‘हिटलर’मा राणा खानदानकी सामिया, ए गुरुङ टपलेस


नव-नायिका सामिया बर्तौलालाई राणा खानदानकी छोरीको रुपमा देखाउँदै चलचित्र ‘हिटलर’को फस्टलुक रिलिज गरिएको छ । साथमा, चलचित्रको प्रदर्शन मिति समेत सार्वजनिक गरिएको छ । आउँदो बर्षको जेठ १२ गतेबाट लभ स्टोरी तथा कमेडी जनराको यो चलचित्र देशभरका हलमा रिलिज हुनेछ ।

सभासद् रामविर मानन्धर र चलचित्र पत्रकार संघका अध्यक्ष सन्दिप सापकोटाले चलचित्रको फस्टलुक एकसाथ सार्वजनिक गरेका थिए । अष्टनारायण पिक्चर्सको प्रस्तुतीमा तयार भएको यो चलचित्रको निर्माणमा अल्टरनेट मोसन पिक्चर्स र लोचन घिमिरे इनकर्पोरेटेडको सहकार्य रहेको छ ।

चलचित्रमा सोहित मानन्धर, सामिया बर्तौला, मेनुका प्रधान, दिवस धिताल, ए गुरुङ लगायतका कलाकारको अभिनय छ । चलचित्रमा लोचन घिमिरेको संगीत, सूर्य थोकर लामाको एक्सन, अरुणराज पौडेलको छायांकन, कृष्ण के अच्छामीको कोरियोग्राफी छ । मुगु र काठमाण्डौमा यो चलचित्रको छायांकन गरिएको छ ।

कार्यक्रममा बोल्दै निर्देशक सौरभ ढकालले भने-‘हिटलर प्रेम र कमेडीको मिश्रणको रुपमा बनेको चलचित्र हो । प्रेम भैसकेपछि आउने विभिन्न समस्यालाई चलचित्रमा देखाइएको छ । दर्शकले, नाम र कथावस्तुको मेल पक्कै पनि चलचित्रमा पाउनुहुनेछ ।’

यस्तै, नायक सोहित मानन्धरले यो चलचित्रमा आफू फरक भूमिकामा देखिएको बताए । नायिका सामिया बर्तौलाले चलचित्रको कथावस्तु मन परेकाले काम गरेको बताइन् । उनले भनिन्-‘यो चलचित्रमा म राणा खानदानीकी छोरीको भूमिकामा छु । चलचित्रको अफर धेरै आएपनि मैले कथावस्तु मनपरेपछि ‘हिटलर’मा काम गरेँ ।’

चलचित्रमा नायक सोहित मानन्धर नेवार खानदानको यूवाको रुपमा देखिएकी छिन् । चलचित्रमा समावेश ‘मःम चाउमिन’ बोलको गीत अहिले हिट भैरहेको छ । कार्यक्रममा प्रमुख अतिथी मानन्धर र विशेष अतिथी सापकोटाले चलचित्रलाई शुभकामना दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment