+
+

कामकाजी महिलाले कसरी गर्ने स्वास्थ्यको ख्याल ?

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन ३० गते २०:५८

एकातिर भान्सा सम्हाल्नु पर्ने, बालबच्चा स्यहार्नुपर्ने र अर्कोतिर कार्यलय पनि भ्याउनुपर्ने । कामकाजी महिलाको दैनिकी धपेडीमा बित्ने गर्छ । यस्तो व्यस्त दैनिकीमा आफ्नो शरीरलाई स्वास्थ्य र तन्दुरुस्त राख्नु चुनौतीको बिषय हो ।

दैनिक औसत ६ घण्टा बाहिरी काममा खटिएर पारिवारिक दायित्व पनि निर्बाह गर्नुपर्ने महिलाले कसरी स्वास्थ्यको ख्याल राख्ने त ?

डिहाइड्रेशन

शरीरमा पानीको कमीले डिहाइड्रेसनको समस्या हुनसक्छ । त्यसैले दिनमा कम्तीमा १० देखि १२ गिलास पानी पिउनुपर्छ । व्यस्तताको कारण कतिले बजारमा पाइने प्याकेटको खानेकुरा, फास्टफूड सेवन गर्छन् । तर, घरमै खानेकुरा तयार गरेर टिफिन बक्स बोक्नुपर्छ ।

डाइट

सन्तुलित खानेकुरा अर्थात प्रोटिन, भिटामिन, मिनरल्सले भरपुर डाइटले रोग प्रतिरोधात्मक क्षमता बढ्नुका साथै मानसिक रुपमा पनि स्वास्थ्य राख्छ । खानामा चिल्लो तथा कार्बोहाइड्रेटको मात्रा कम गर्नुपर्छ । चिकित्सकको सल्लाह अनुसार कार्यलयमा चिया, कफी वा अन्य डिं्रकको बदलामा प|mुट जुस, ग्रीन टि पिउनु राम्रो हो ।

व्यायम

विहान उठ्नसाथ केहि क्षण भएपनि व्यायम गरौं । यदि समय पुग्छ भने ध्यान पनि गरौं । यसले तपाईलाई तनावमुक्त राख्छ । कार्यलयमा लिफ्ट होइन, भर्‍याङबाट ओहोर-दोहोर गरौं । स-साना काम आफै गरौं, जस्तो फायल राख्ने, ल्याउने । एकसाथ लामो समय नबसौं ।

ब्रेकफास्ट, लन्च स्किप नगरौं

कामधन्दाको चापले खानेकुरा नै छुटाउनु सहि होइन । जतिसुकै व्यस्त भएपनि बिहान ब्रेकफास्ट लिने गरौं । दिउसोको भोजन पनि लिनैपर्छ । घरमा खाना नखानाले बाहिरको खानेकुरामा स्वाद बस्छ, जो स्वास्थ्यकर हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?