Comments Add Comment

एमाले जबर्जस्ती मधेस पसेको भन्दै मोर्चाले गर्‍यो नेपालगञ्ज बन्द

नेपालगञ्जको सभालाई केपी ओलीले सम्वोधन गर्ने

१ चैत, नेपालगञ्ज । नेकपा एमालेको मेची महाकाली राष्ट्रिय अभियानलाई लक्षित गर्दै मधेसी मोर्चाले मंगलवार आह्वान गरेको नेपालगञ्ज बन्दका कारण जनजीवन प्रभावित भएको छ । मंगलबार बिहानैदेखि बन्दको आंशिक प्रभाव देखिएको छ ।

मोर्चाले एमालेको अभियान र नेपालगञ्जको जनसभामा सहभागी नहुन बाँकेका स्थानीय समुदायलाई अपिल गरेको छ ।

एमालेको सभामा मान्छे आउन नदिन दक्षिणी क्षेत्रका सडकमा मधेसी मोर्चाका कार्यकर्ताले प्रदर्शन गर्दैछन् । एमालेले हठ देखाएर जबर्जस्ती नेपालगञ्जमा शक्ति प्रदर्शन गर्न खोजेकाले अवरोध गर्नुपरेको मोर्चाका नेता इस्तियाक राईले अनलाइनखबरलाई बताए ।

एमालेले आज नेपालगञ्जमा जनसभा गर्दैछ, केपी ओली काठमाडौंबाट नेपालगञ्ज फर्किँदैछन्

एमालेले आज नेपालगञ्जमा जनसभा गर्दैछ । नेपालगञ्जको सभालाई सम्बोधन गर्न अध्यक्ष केपी शर्मा ओली काठमाडौंबाट नेपालगञ्ज फर्किँदैछन् ।

महेन्द्र राजमार्ग छाडेर भित्री शहरमा एमालेलाई सभा नगर्न र शक्ति नदेखाउन आग्रह गर्दा पनि एमाले नेतृत्वले हठ देखाएको मोर्चाका नेता सवेन्द्रनाथ शुक्लले बताए । उनले भने-हामीले राजमार्गभित्र नजानुस् भन्दाभन्दै पनि एमालेले नेपालगञ्जमा शक्ति प्रदर्शन गर्न खोजेको छ, मधेसी जनतामा आक्रोश छ ।

एमाले महासचिव ईश्वर पोखरेलले भने जनताले मोर्चाको धम्की र बन्दको परवाह नगरेको बताए । उनले भने- मधेसको भूमी मोर्चाका केही नेताको मौजा होइन, जसरी कपिलबस्तु र भैरहवाका मधेसी जनताले मोर्चाको बन्दलाई असफल बनाएर एमालेलाई साथ दिए, नेपालगञ्जमा झन् ठूलो जनसहभागिता हुनेछ ।

एमालेको मेची महाकाली अभियानका टोली मंगलबार बिहान कोहलपुरबाट नेपालगञ्ज शहर पस्दैछ । नेपालगञ्जमा सुरक्षाकर्मीको बाक्लो परिचालन गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment