+
+

नेपाल टेलिकमले ५१ प्रतिशत नगद लाभांश दिने

अनलाइनखबर अनलाइनखबर
२०७३ चैत १ गते ११:४४


१ चैत, काठमाडौं । नेपाल टेलिकमले आफ्ना सेयरधनीलाई ५१ प्रतिशतको दरले नगद लाभांश दिने भएको छ । कम्पनीको नवौ साधरणसभाले मुनाफा मध्येबाट सेयरधनीलाई ५१ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

नगद लाभांश वितरण मंगलबारदेखि नै सुरु भएको कम्पनीले जनाएको छ । आर्थिक बर्ष ०७२ ७३ मा १३ दशमलब ६८ अर्ब खुद नाफा कमाएको नेपाल टेलिकमको सरकारी कोषमा मात्रै राजश्व योगदान ५२ दशमलब २७ प्रतिशत रहेको छ ।

नेपाल टेलिकमको अहिले १ दशमलब ४३ करोड जिएसएम र सिडिएमए प्रविधिमा आधारित मोबाईल प्रयोगकर्ता छन् । देशैभरीका सबै गाउपालिकाहरु (तत्कालीन गाउँ विकास समिति) मा यसले सेवा पुर्याईसकेको छ ।

इन्टरनेट बजारमा ५५ दशमलब १५ प्रतिशत बजार हिस्सा ओगटेको टेलिकमको ७६ लाख इन्टरनेट प्रयोगकर्ता रहेका छन् । यसैवर्ष देखि नेपाल टेलिकमले आफ्ना ग्राहकहरुलाई चौंथो पुस्तामा आधारित उच्च गतिको इन्टरनेट सेवा दिन थालिसकेको छ । टेलिकमले १५ दशमलब ६५ प्रतिशतले आफ्ना ग्राहक बढेको पनि जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?