Comments Add Comment

हाम्रो कलेजबाट टीम कन्सल्ट सम्मानित

१५ मार्च, सिड्नी । हाम्रो इन्सटिच्यूट अफ बिजनेस एण्ड टेक्नोलोजीले टीम कन्सल्टलाई छोटो समयमा कलेजको प्रर्बद्धनका लागि महत्वपूर्ण भूमीका खेलेको भन्दै सम्मान गरेको छ ।

कलेजका पि्रन्सिपल दीपक खनालले टीम कन्सल्टका निर्देशक बुद्धि डल्लाकोटी र सत्यप्रकाश कँडेललाई कलेजको कार्यालयमा आयोजित कार्यक्रममा सम्मानस्परुप उपहार तथा प्रमाणपत्र प्रदान गर्नुभएको हो । पि्रन्सिपल खनालले अष्ट्रेलिया अध्ययन गर्न चाहाने नेपाली बिद्यार्थीलाई सही परापर्श दिएर सहयोग गरेको भन्दै टीम कन्सल्टको उच्च प्रसंसा गर्नुभयो ।

हाम्रो कलेजका स्टडी एण्ड कम्प्लाइन्स डाइरेक्टर डा. जगदीश तिमल्सिनाले बैधानिक रुपमा नेपाली बिद्यार्थीलाई सही परामर्श दिएकोमा टीम कन्सल्ट परिवारलाई धन्यबाद दिनुभयो ।

आफ्नो कामको उच्च मूल्याङ्कन गरेकोमा टीम कन्सल्टका .निर्देशक डल्लाकोटीले यसले आफ्नो हौसला बढाएको र आगामी दिनमा अझै राम्रो परिणाम दिने बताउनुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment