Comments Add Comment

चुनावमा निजी क्षेत्रको सहयोग रहने प्रधानमन्त्रीको विश्वास


३ चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचनलाई सफल बनाउन निजी क्षेत्रबाट प्रयाप्त सहयोग हुने विश्वास व्यक्त गरेका छन् ।

स्थानीय तहको निर्वाचनमार्फत् स्थानीय सरकारलाई सशक्त बनाउन पनि सरकारले स्थानीय निर्वाचनको घोषणा गर्नुपरेको उनले बताए । बिहीबार छैठौं अन्तराष्ट्रिय व्यापार मेलाको काठमाडौंमा उदघाटन गर्दै प्रधानमन्त्री प्रचण्डले निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गराउनु सबैको दायित्व भएको धारणा राखे ।

प्रधानमन्त्री प्रचण्डले सरकार आर्थिक विकासका लागि पनि उत्तिकै सचेत रहेको दाबी गरे । उनले आर्थिक विकासका लागि सरकारले आवश्यक ऐन, कानुनहरुलाई पारित गर्ने कामलाई निरन्तरता दिइएको बताए ।

वर्तमान सरकारले छोटो समयमा ऊर्जा क्षेत्रमा लिएको अग्रसरताको अनुभवबाट मुलुकको समग्र क्षेत्रलाई चलायमान बनाउन सकिने रहेछ भन्ने स्पष्ट भएको उनले बताए । प्रधानमन्त्री प्रचण्डले इमान्दार प्रयास भएकै कारण लोडसेडिङमुक्त सहर बनाउने अभियानमा ऊर्जा मन्त्रालयलाई एकपछि अर्को सफलता हात लागेको बताए ।

उनले मुलुकको आर्थिक विकासको गतिलाई तीव्ररुपमा अघि बढाउन नसकेको तीतो अनुभवबाट सिकेर सरकारले आर्थिक समृद्धिमा ध्यान केन्द्रित गरेको दाबी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment