Comments Add Comment

हरेक नेपाली करोडपति बन्न सक्छन्ः राजेन्द्र खड्गी


नेपालमा सबै भन्दा धेरै चलचित्रमा द्धन्द्ध निर्देशन गर्ने ब्यक्तिका रुपमा चिनिन्छन्, राजेन्द्र खड्की । दर्जनौ चलचित्रमा अभिनय समेत गरेका खड्की गायक पनि हुन् । उनले ३५ वर्ष अगाडि गाएको आफ्नै गीतको भर्खरै म्युजिक भिडियो बनाए । गिनिजबुक अफ द वल्र्डमा नाम लेखाउने तयारीमा रहेका खड्कीसँग अनलाइनखबरले गरेको टी-टकः

बिहान कति बजे उठ्नुहुन्छ ?
अब त बुढेसकाल लागेछ । चार बजे नै निन्द्राले छोड्छ । चार बजे उठ्छु र उठेपछि साथीभाईको सम्पर्कमा रहेर कुराकानी गर्छु । तीन कप जती बेड टि खाएपछि प|mेश हुन्छु र वार्मअप गर्छु । त्यस्तो हेभी एक्सरसाइज गर्दिनँ ।

आजको कार्यक्रम ?
आज आफ्नै नाममा एउटा चलचित्र निर्माण कम्पनी ‘राजेन्द्र खड्की फिल्म कम्पनी’ दर्ता गर्न जान्छु । ‘मन परेको मान्छे’ भन्ने चलचित्र पनि दर्ता गर्नुछ । ३५ वर्ष अगाडि आफ्नै शब्द संगीतमा गीत गाएको थिएँ । राजेन्द्र खड्गी गायक पनि हो भन्ने जानकारी होस् भनेर आफ्नो पुरानो गीतको भिडियो सुटिङ गरेको छु । आज सम्पादनमा बस्नु छ ।

फेसबुक कत्तिको चलाउनुहुन्छ ?
फुर्सदमा फेसबुकमै रुमल्लिने त हो । कहिले त फेसबुक चलाउँदा चलाउदै ३/४ घण्टा बित्छ तर, सिमित मान्छेहरुको मात्रै सम्पर्कमा रहन्छु ।

अहिलेसम्म कति फिल्ममा द्धन्द्ध निर्देशन गर्नु भयो ?
पाँचसय भन्दा बढी भयो । जानी नजानी पाँचसय भन्दा धेरैमा गरेँ । मलाई लाग्छ संसारमा सबै भन्दा धेरै चलचित्रमा फाइट डाइरेक्सन गर्ने मान्छे मै हुँ । अहिले सबै डकुमेन्ट समेटेर गिनिज बुकमा नाम लेखाउने तयारीमा छु ।

तपाई कस्तो खालको मान्छे ?
म खरो मान्छे हुँ तर, रुखो हैन । चित्त नबुझेको कुरा फ्याट्टै भनिहाल्छु ।

राजनीतिमा रुची छ कि छैन ?
छैन । भएको भए त अहिलेसम्म मन्त्री भैसक्थेँ । अब कुनै रुची छैन । किनकी हाम्रो देशमा नेताहरु गरिब छन्, गरिब भएपछि पैसा कमाउनुपर्छ । अनि आफ्नै भाई, भतिजा, साला सालीको समस्यामा केन्दि्रत हुन्छन् । देश कसरि बनाउने भन्नेमा ध्यानै दिँदैनन् ।

तपाईको योजना ?
म अहिले एक सन्तान एक रुख अभियानमा छु । म चाहन्छु देशै भरका मान्छेले यो अभियान सुरु गरोस् । मैले आफ्नै साथीहरुसँग मिलेर हेटौंडामा रुख रोपेको छु । पाउलोनिया भन्ने एउटा रुखवाट १० वर्षमा १० लाखसम्म कमाई गर्न सकिन्छ । सबै नेपालीले यो रुख रोप्ने अभियान सुरु गर्ने हो भने कोही पनि गरिब हुन्नन् । सबै नेपाली करोडपति हुन सक्छन् ।

बुढेशकालको योजना ?
जहाँ रुख रोपेको छु । त्यहि डाले घाँस रोप्छु र बाख्रा पाल्छु ।

कुन हिरोईन मन पर्छ ?
सबै हिसाबले भन्दा नेपालकी हिरोइन करिष्मा मानन्धर नै हुन् ।

खाना बनाउन आउँछ ?
खाना बनाउन त आउँदैन तर, घरको नक्सा म आफैं बनाउँछु । भर्खरै एउटा नयाँ घर बनाएँ, नक्सा बनाएँ र इन्जिनीयरलाई पारिश्रमिक दिएर साइन गराएँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment