एप्पलका महंगा स्मार्टफोनदेखि चिनिया कम्पनीहरुका सस्तो खालका स्मार्टफोनहरुका बारेमा त सुनिएकै छ । तर आम उपभोक्ताले प्रयोग गर्ने स्मार्टफोन मात्र होइन कम्पनीहरुले खास करोडपति ग्राहकहरुलाई लक्षित गरेर पनि अति नै बहुुमूल्य स्मार्टफोन बनाउँदछन् ।
सुन, प्लाटिनम जस्ता बहुुमुल्य धातुुु देखि हिरा र २ सय वर्ष पूरानो अफ्रिकी धातुुसम्मबाट बनाइएका छन् दुनियाका महंगा स्मार्टफोनहरु, जसको मूल्य झण्डै डेढ अर्ब सम्म पर्दछ ।
यी हुन् यस्तै दुनियाका सबैभन्दा महंगा ५ स्मार्टफोनः
आइफोन फाइभ ब्लाक डायमण्डः एक ब्रिटिस डिजाइनर स्टुुआर्ट ह्युुजको डिजाइनमा निर्मित यो आइफोन दुनियाकै महंगो स्मार्टफोन हो । यसको मूल्य १ करोड पाउण्ड अर्थात् झण्डै डेढ अर्ब रुपैयाँ पर्दछ । एकजना चिनिया धनाढ्यले आफुसँग भएको उक्त आइफोन सार्वजनिक गरेका थिए । सुनबाट बनेको यो आइफोनमा ६५० वटा हिरा छन्, जसमा एउटा २६ क्यारेटको कालो हिरा होम बटनको रुपमा छ ।
आइफोन फोर एस इलाइट गोल्डः ७४ लाख डलर मूल्य पर्ने यो स्मार्टफोनमा ५ सय वटा हिरा, २४ क्यारेट सुनको लोगो तथा डाइनोसरको हड्डी समेत प्रयोग गरिएको छ ।
सुप्रिम गोल्डस्ट्राइकर आइफोन थ्री जी ३२ जिबीः ३२ लाख डलर पर्ने यो स्मार्टफोनमा हिरा र सुनका अतिरिक्त ग्रानाइटको प्रयोग गरिएको छ । यसमा विशेष छालाको भित्री पत्रसँगै कास्मिरी सुनको प्रयोग गरिएको छ ।
गोल्डविस ले मिलियनः ११ वर्षअघि डिजाइन हुनुुका बाबजुद यसको भाउमा कमी आएको छैन । यसको मूल्य १२ लाख डलर भन्दा बढी छ । त्यतिबेला यो सबैभन्दा महंगो फोनको रुपमा गिनिज बुकमा नाम लेखाउन सफल भएको थियो । यसमा सुनको बडी तथा केही हिराका टुक्रा समेत प्रयोग गरिएकेा छ ।
डायमण्ड क्रिप्टो स्मार्टफोनः लक्जरी एसेसरिज निर्माता पिटर एलोइसनले डिजाइन गरेको यो स्मार्टफोनमा शक्तिशाली एनक्रिप्सन प्रविधिको प्रयोग गरिएको छ, जसले अपहरण तथा ब्लाकमेलबाट बचाउने दाबी निर्माताको छ । यसमा रोज गोल्ड तथा ५० वटा हिराको प्रयोग गरिएको छ । जसमध्ये ५ वटा दुुर्लभ निलो हिरा छन् ।
एजेन्सी
प्रतिक्रिया 4