Comments Add Comment

फिल्म रिलिज नहुँदा नम्रतादेखि साम्राज्ञीलाई कति घाटा ?


यो बर्ष पनि नेपाली चलचित्रको रिलिजमा कुनै कमी आएन । दर्जनौ चलचित्र सुटिङमा छन् भने दर्जनौ चलचित्र निर्माणको घोषणा पनि भएका छन् । चलचित्र रिलिज हुँदा, छायांकन हुँदा कलाकारको चर्चा बढी हुन्छ । हुनत, कुनै बर्ष एउटै कलाकारले धेरै चलचित्र खेल्दा उसको आलोचना पनि धेरै हुने गरेको पाइन्छ । यो बर्ष दयाहाङ राई धेरै चलचित्र खेलेर आलोचित भैरहेका छन् ।

तर, केहि कलाकारको यो बर्ष चलचित्र नै रिलिज नहुने पक्का जस्तै छ । यो बर्षको अन्तिम महिनासम्म आइपुग्दा रिलिज हुने चलचित्रको डेट तय भैसकेको छ ।
चैत्र २५ गतेलाई तोकिएको चलचित्र ‘पर्व’को प्रदर्शन मिति आउँदो बर्षको जेठ १२ गतेलाई सर्‍यो ।

यो बर्ष नायिका नम्रता श्रेष्ठको यहि एउटा मात्र चलचित्र रिलिज हुने तयारीमा थियो । तर, उनको यो चलचित्र रिलिज नहुँदा उनलाई केहि घाटा लाग्ने देखिएको छ । यो बर्ष आयोजना भएका सबै अवार्ड नम्रताको पोल्टामा गयो । तर, अर्को बर्ष नम्रता अवार्डबाट टाढा नै हुने देखिएको छ । अर्कोतिर, चलचित्र रिलिज नहुँदा मिडियामा पनि कलाकारको चर्चा कम हुने गरेको पाइन्छ । नम्रताको लफ लाइफले यो बर्ष धेरै चर्चा पाइरहेको छ । तर, दर्शकले उनको काम भने यो बर्ष हेर्न पाएनन् ।

यस्तै, गतबर्ष चलचित्र ‘डि्रम्स’बाट एकाएक उदाएकी नायिका साम्राज्ञीराज्य लक्ष्मी शाहको पनि यो बर्ष कुनै चलचित्र रिलिज भएनन् । चैत्र १८ गते रिलिज गर्ने भनिएको उनी अभिनित चलचित्र ‘ए मेरो हजुर २’ पनि हल्लै हल्लामा पछि सर्‍यो ।

यो बर्ष साम्राज्ञीले सबैजसो अवार्डमा नव-नायिकाको विधामा अवार्ड हात पारिन् । तर, आउँदो बर्ष उनी पनि अवार्डबाट टाढा हुनेछिन् । यतिमात्र होइन, साम्राज्ञीको कुनै पनि चलचित्र रिलिज नहुँदा उनीसँगै आएका अरु नायिकाले उनलाई केहि पछि पारेको आभाष धेरैले गरेका छन् ।

यो बर्षको सबैजसो अवार्ड पोल्टामा पारेका नम्रता र साम्राज्ञी अर्को बर्ष अवार्डबाट टाढा बस्नुपर्दा उनीहरुको करिअरलाई केहि घाटा लाग्नेछ । कलाकारले धेरै चलचित्र खेल्दा दर्शक वाक्क त हुन्छन् नै । तर, तीनै कलाकारको चलचित्र रिलिज नै नहुँदा पनि उनीहरुको करिअरलाई केहि धक्का लाग्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment