Comments Add Comment

तीन घण्टाभन्दा बढी समय टिभी हेर्ने बच्चा मधुमेहको जोखिममा

बच्चाहरु टेलिभिजनमा कार्टुन हेर्न पाएपछि घण्टौं बिताइदिन्छन् । मोवाइलमा गेम खेलेर होस् वा ट्याब्लेटमा भिडियो हेरेर, उनीहरु थाक्दैनन् ।

खासगरी शहरिया क्षेत्रका एकल परिवारका बालबालिकाहरुमा यस किसिमको लत देखिन्छ । आमाबुवा पनि छोराछोरीसँग समय साझेदार गर्नुभन्दा उनीहरुलाई मोवाइल वा टिभी हेर्न दिने गर्छन् । अहिलेको युगमा बालबालिकाहरु प्रविधिसँग एकाकार हुनु नराम्रो होइन । यसको थुप्रै सकारात्मक पक्ष छन् । तर, कति समय टिभी हेर्ने वा मोवाइल खेल्ने ? मात्रा छ ।

किनभने जुन बच्चाले दैनिक तीन घण्टाभन्दा बढी समय मोवाइल खेलेर वा टिभी हेरेर विताउँछन्, उनीहरुमा मधुमेहको जोखिममा हुन्छन् । बेलायतको राजधानी लन्डनका २ सय प्राथमिक बिद्यालयका चार हजार बढी बिद्यार्थीमा गरिएको अध्ययनबाट यस्तो तथ्य वाहिर आएको हो ।

कसरी लाग्छ मधुमेह ?

एकै स्थानमा घण्टौ बसेर टिभी हेर्दा शारीरिक गतिबिधि हुँदैन । परिणाम, उनीहरुमा मोटोपन बढ्छ । र, यो इन्सुलिन प्रतिरोधका लागि पनि जिम्मेवार हुन सक्छ ।

इन्सुलिनले पाचन ग्रन्धीको माध्यामबाट हर्मोनद्वारा ब्लड-ग्लुकोजको स्तर बढ्नमा रोक्छ । यस किसिमको अवरोधले मधुमेह उत्पन्न गर्छ । सेन्ट जर्ज युनिभर्सिटी अफ लन्डनकी एम नाइटिङ्गेलले आफ्नो यस सोधको हवला दिदै बताएका छन्, ‘बच्चालाई टिभी स्त्रिmनमा कम समय बिताउन दिइयो भने उनमा टाइप-२ मधुमेहको जोखिम कम हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment