Comments Add Comment

कुश्मा-बलेवा यान्त्रिक पुलमा तालाबन्दी


६ चैत, पर्वत । कुश्मा-बलेवा यान्त्रिक पुलमा स्थानीयबासीले तालाबन्दी गरेका छन् । सरकारबाट कर छुटको सहुलियत पाए पनि एकाएक भाडा दर बढाएको भन्दै बलेवाबासीले यान्त्रिक पुलको कार्यालयमा तालाबन्दी गरेका हुन् ।

तालाबन्दी पछि एक सातादेखि यान्त्रिक पुलमा आवतजावत ठप्प बनेको छ । मनोमानि तरिकाले भाडादर बृद्धि गरी पुलका शेयर सदस्यहरु कमिशन खाने चक्करका लागि जनतालाई सास्ती दिन खोजेको भन्दै उनीहरुले तालाबन्दी गरेका हुन् ।

तयान्त्रिक पुलले चैथ १ गतेदेखि लागू हुने गरी ३३ प्रतिशत नघटने गरी भाडा बृद्धि गरेको थियो । आधा किलोमिटरको यात्रा ४ मिनेटमा पार गर्न १ सय २५ रुपैयाँसम्मको भाडा निर्धारण गरेको कम्पनीको विरुद्धमा बलेवा क्षेत्रका महिला समूहको अग्रसरतामा तालाबन्दी गरिएको हो ।

स्थानीयका लागि साविकका रु ७५ रहेको रु १०० र अन्यत्रका लागि रु १ सय रहेकामा रु १ सय २५ लिने गरी भाडावृद्धि गरेको थियो ।

यसैगरी मासिक रुपमा आउने व्यक्तिका लागि रु दुई हजार भाडा रहेकामा अहिले बढाएर रु दुई हजार ५०० पुर्‍याइएको छ । भने रु एक हजार ८०० मासिक तिरेर यात्रा गर्ने विद्यार्थीहरुको भाडा बढाएर अहिले रु २ हजार पुर्‍याइएको कम्पनीले जनाएको छ ।

-महेन्द्र केसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment