Comments Add Comment

संघीय समाजवादी फोरमको काठमाडौं महानगर अध्यक्षमा ताम्राकार

७ चैत, काठमाडौं । संघीय समाजवादी फोरम नेपालको काठमाडौं महानगर समिति अध्यक्षमा मंगलरत्न ताम्राकार चयन भएका छन् । हालै भएको एकता अधिवेशनले ताम्राकारको नेतृत्वमा ३३ सदस्यीय महानगर समिति चयन गरेको छ ।

अधिवेशन उद्घाटनका क्रममा संघीय समाजवादी फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले एमाले अध्यक्ष केपी ओली साम्यवादी नभई नश्लवादी भएको आरोप लगाए ।

उनले देश संघीयतामा प्रवेश गरेपछि पनि केन्द्रले स्थानीय निर्वाचन गराउन खोज्नु एकात्मकतावादी मानसिकता भएको बताउँदै यसलाई पार्टीले स्वीकार्न नसक्ने बताए ।

अधिवेशनले काठमाडौं महानगरपालिकाले आफ्नो लेटरप्याडबाट रञ्जना लिपि हटाएको भन्दै विरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment