Comments Add Comment

फर्निचर किन्दै हुनुहुन्छ ? थाहा पाउनुहोस् यी कुरा

घर सजावटका लागि खरिद गरिने फर्निचर कस्तो हुनुपर्छ ? खरिद गर्नुअघि खासै सोचबिचार गरिदैन । जब फर्निचर किनेर ल्याइन्छ, कोठामा एडजस्ट गराउनै गाह्रो हुन्छ । कोठाको बनौटसँग नमिल्ने फर्निचरले कोठाको रुप बिगार्छ । त्यसैले फर्निचर खरिद गर्नुअघि केही कुराको ख्याल गर्नैपर्छ ।

काठ कि एल्मुनियम- एल्मुनियमको फर्निचर भन्दा काठको फर्निचर उपयुक्त हुन्छ । काठको फर्निचर हेर्नमा पनि आकर्षक हुन्छ । साथै यो स्वास्थ्यमैत्री हुन्छ ।

थिम चुनौ- आफ्नो कोठमाको प्रकृत्ति, बनौट अनुसार कस्तो फर्निचर उपयुक्त हुन्छ ? हेरौं । त्यही अनुसारको डिजाइन नै खरिद गरौं । कोठालाई आधुनिक ढाँचामा सजाइएको छ कि, क्लासिक ? त्यससँग कम्बिनेसन मिल्ने डिजाइन उपयुक्त हुन्छ ।

उचित डिजाइन फर्निचरको डिजाइन छनौट गर्दा धेरै कुरामा ख्याल राख्नुपर्छ । किनभने यो थोरै समयमै बदल्ने बस्तु होइन । त्यसैले यस्तो डिजाइन छानौ, जो आधुनिक देखियोस् । चाडै पुरानो देखिने फर्निचर उपयुक्त हुँदैन ।

फिनिसिङमा ध्यान-आफुले पैसा खर्च गरेर खरिद गरेको चिजले आफुलाई सन्तुष्ट दिनुपर्छ । त्यसैले हतारमा फर्निचर खरिद गर्नु उचित होइन । खासगरी त्यसको बनौट, गुणस्तर र फिनिसिङमा विशेष ध्यान दिनुपर्छ ।

बजेट तयार गरौं- कुन किसिमको फर्निचर खरिद गर्ने हो, सोहि बमोजिम बजेट तय गरौं । एउटै सामग्री खरिदमा धेरै पैसा खर्च नगरौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment