Comments Add Comment

प्रधानमन्त्रीले आज चिनियाँ राष्ट्रपतिसँग भेट्दै, आपसी हितका बारेमा छलफल हुने

१४ चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले चीन भ्रमणको चौथो दिन आज चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट गर्दैछन् । चीनको बेइजिङस्थित ग्रेट हल अफ दि पिपुलमा हुने भेटमा आपसी हितका बारेमा छलफल हुने बताइएको छ ।

नेपालको सम्बन्ध दक्षिणी छिमेकी भारतसँग नजिक भएको टिप्पणी भइरहेका बेला हुन लागेको उक्त भेटलाई विशेष महत्वका साथ हेरिएको छ ।

भेटमा चीनको ‘वान रोड, वान बेल्ट’ अवधारणमा नेपालको साझेदारीसँगै नेपालको विकासमा चिनियाँ सहयोग र चीनको ‘एक चीन नीति’मा नेपालको धारणबारे पनि छलफल हुने बताइएको छ ।

त्यस्तै पारवहन तथा यातायातसम्बन्धी गत वर्ष भएको सम्झौताका आधारमा तयार गरिएको प्रोटोकल, विद्युत् प्रसारणलाइन तथा ग्रिडलगायत सीमासम्बन्धी विषयमा छलफल हुनेछ । लगानी, सरकारी संस्थाहरूको क्षमता अभिवृद्धि, रेलवे, पूर्वाधारलगायतका विषयमा पनि छलफल हुने बताइएको छ ।

भेटवार्तामा प्रधानमन्त्री दाहालले राष्ट्रपति पिङलाई नेपाल भ्रमणको निम्तो समेत दिनेछन् ।

प्रधानमन्त्री दाहाल भोलि ल्हासा गएर पर्सि स्वदेश फर्कँदैछन् ।

दाहालले शनिबार बोआओ मञ्चको सम्मेलनलाई सम्बोधन गरेका थिए ।

उनी चैत १० गते साताव्यापी भ्रमणका लागि चीन प्रस्थान गरेका थिए ।

यो पनि पढ्नुहोस्ः

चीन भ्रमण सफल भएको भन्दै प्रचण्ड उत्साहित, उपप्रधानमन्त्रीसँग के के कुरा भयो ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment