+
+
Shares

आन्दोलनका उपलब्धि संस्थागत गर्न चुनाव अपरिहार्यः रामचन्द्र पौडेल

अनलाइनखबर अनलाइनखबर
२०७३ चैत १६ गते १४:५०

१६ चैत, बिराटनगर । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले संघीयता, गणतन्त्र, समावेशीता र लोकतन्त्रलाई संस्थागत गर्न स्थानीय तहको निर्वाचन जरुरी रहेकाले घोषित मितिमै निर्वाचन हुने बताएका छन् ।

बिराटनगर बिमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता पौडेलले जुनसुकै परिस्थिति आएपनि बैशाख ३१ गते स्थानीय निर्वाचन भएरै छाड्ने बताए ।

उनले भने, ‘लामो संघर्षपछि प्राप्त उपलब्धीलाई संस्थागत गर्न लाग्दा सानातिना बखेडा झिकेर संघीयता असफल बनाउनु हुँदैन ।’

नेता पौडेलले मधेसी जनता स्थानीय तहको चुनाव पक्षमा रहेको आफूले पाएपनि मधेसी नेताहरु भ्ाने मधेसी जनताको भवना विपरित काम गरिरहेको आरोप लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?