Comments Add Comment

ज्ञानेन्द्रले लिए हङकङको महत्वपूर्ण दुई विकेट, टुट्यो ९५ रनको साझेदारी

१७ चैत, काठमाडौं । एसीसी इमर्जिङ कपमा अहिले नेपाल र हङकङ भिडिरहेका छन् । टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले निकै राम्रो सुरुवात गरेको थियो ।

नेपालले २० ओभरसम्म विकेट नै लिन सकेन । तर, पार्टटाइम बलर रहेका कप्तान ज्ञानेन्द्र मल्लले हङकङको महत्वपूर्ण विकेट लिए ।

उनले क्यामरन म्याकुलसन र अन्शुमान राथको पहिलो विकेटका लागि ९५ रनको साझेदारी तोेडे । २०.६ ओभरमा ज्ञानेन्द्रले अन्शुमानको विकेट लिए । उनी ५१ रनमा आउट भए ।

२२.२ ओभरमा ज्ञानेन्द्रले क्यामरन म्याकुलसनको पनि विकेट लिए । उनी ४३ रनमा आउट भए ।

लगतै सन्दिप लामिछानेले तेस्रो सफलता दिलाए । उनले नजाकत खानलाई ज्ञप्तान ज्ञानेन्द्रको हातबाट क्याच गराए । खान मात्र ६ रनमा आउट भए ।

नेपाल र हङकङ दुबै समूह चरणबाटै बाहिरिसकेका छन् । आजको खेल दुबैका लागि प्रतिष्ठाको लडाई हो ।

साथै विश्व क्रिकेट लिग च्याम्पियनसिपमा अब नेपाल र हङकङ खेल्ने भएकाले आजको खेल दुबै टोलीका लागि एक अर्काको कमजोरी थाहा पाउने उपयुक्त अबसर समेत हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment