Comments Add Comment

‘गाजलु’पछि बन्ने भयो ‘ब्रेकअप’, फागुणमा रिलिज हुने


अहिले नेपाली चलचित्र बनाउने निर्माताहरु छायांकन अगावै प्रदर्शन मिति तोकिदिन माहिर बनेका छन् । चलचित्र आउला कि नआउला भन्दा पनि पहिले नै राम्रा डेटहरु बुक गर्ने प्रचलन बढेको छ । तर, यसरि बुक गरिएका धेरै चलचित्रहरु पछि सो डेटमा प्रदर्शन नभएका उदाहरण धेरै छन् ।

चलचित्र ‘गाजलु’ निर्माण गरेका निर्माता रोहित अधिकारीले अब दोश्रो चलचित्र बनाउने भएका छन् । रोहित अधिकारी फिल्मस्ले दोश्रो प्रोजेक्टका रुपमा ‘ब्रेकअप’ नाम राखेर नयाँ चलचित्र बनाउन लागेको हो । भदौबाट छायांकनमा जाने चलचित्रको प्रदर्शन मिति पनि तोकिएको छ ।

चलचित्र फागुण २ गतेबाट रिलिज हुने घोषणा पनि गरिएको छ । निर्माता अधिकारीले यो चलचित्रलाई पनि लभ स्टोरी कथामा बनाउन लागेको बताए । चलचित्रलाई ‘गाजलु’का निर्देशक हेमराज बीसीले नै यो चलचित्रलाई निर्देशन गर्दैछन् ।

यो चलचित्रका लागि रोहितले हेमराजलाइ मोटो पारिश्रमिक दिएको चर्चा पनि छ । रोहित फिल्म र ह्याप्पी प्लानेटले संयुक्त रुपमा यो चलचित्र बनाउन लागेका हुन् । चलचित्रका लागि कलाकार पक्का गरिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment