Comments Add Comment

अक्षयको फिल्म बर्बाद गर्न शाहरुखले ३० लाख खर्चिए ?

उसो त शाहरुख खानले अक्षयसँग डराउनुपर्ने केही छैन । किनभने बलिउड बादशाहको क्रेज तुलनात्मक रुपमा धेरै माथि छ । तर, पछिल्लो केही बर्ष उनको फिल्मी करियर भने निरन्तर ओह्रालो लाग्दो छ । सायद यही कारण हुनुपर्छ, उनी अक्षयसँग समेत प्रतिस्पर्धामा आउन अलि हच्किएको जस्तो संकेत मिलेको छ ।

आउँदो अगस्ट दोस्रा साता दुबैको कडा टक्कर हुदैछ । अक्षय कुमार स्टारर फिल्म ‘ट्वाइलेट एक प्रेम कथा’ रिलिज डेट शाहरुख-इम्तियाज अलीको फिल्मसँग जुधेको छ । उनीहरुको फिल्मको न्वरान भने अहिलेसम्म गरिएको छैन । के अनुमान गरिन्छ भने, दुबैले एकअर्कालाई पछार्ने खेल अब केहि समयपछि सुरु गरिहाल्नेछन् ।

ठीक यहि मेसोमा एउटा विवादस्पद कुरा पनि वाहिर आएको छ । भनिन्छ, शाहरुखले एक व्यक्तिलाई अक्षय कुमारको फिल्मलाई बर्बाद गर्न भारु ३० लाख रुपैयाँ दिएका छन् । ति व्यक्ति आफुलाई बलिउडको नम्बर वान् फिल्म समीक्षक ठान्छन् । उनले ट्वीट गर्दै अक्षयको फिल्मलाई आफुले बर्बाद गर्न सक्ने बताएका छन् । उनको नाम हो, कमाल आर खान । तर, शाहरुखले उनलाई त्यसरी पैसा दिएर अस्वस्थ्य प्रतिस्पर्धामा उर्त्रने कुनै संभावना छैन । के कमाल आर खानले अपि्रल फूल मनाएका पो हुन् कि ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment