Comments Add Comment

‘लभ लभ लभ’ फास्टफुड लभभन्दा माथिको छः दीपेन्द्र


निर्देशक दीपेन्द्र के खनालको नामले पनि उनको चलचित्र हेर्ने दर्शकको संख्या धेरै छ । ‘पशुपति प्रसाद’ पछि चुलिएको उनको चर्चा कम भएको छैन । वैशाख १ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘लभ लभ लभ’बाट धेरैले आशा राख्नुको पछाडि दीपेन्द्रको नाम जोडिनु पनि मुख्य कारण हो ।

उनै, दीपेन्द्र चलचित्रको बारेमा भन्छन्-‘म लभ स्टोरी चलचित्र भन्दैमा आम जनराका चलचित्रकै लाइनमा यसलाई लिन्नँ । मेरो चलचित्रले पछिल्लो समय मौलाएको फास्टफुड लभ भन्दा माथिको कथा बोकेको छ । आदर्श प्रेम नमरिसकेकाले सच्चा र गहिरो प्रेम गर्नेहरुका लागि यो चलचित्र विशेष बन्नेछ ।’ उनले नयाँ बर्षमा प्रेम गर्नेहरुका लागि ‘लभ लभ लभ’ विशेष बनेको भन्दै शंका नगर्न दर्शकलाई आग्रह गरे ।

वैशाख १ गतेबाट रिलिज हुने यो चलचत्रिलाई शर्मिला पाण्डेले निर्माण गरेकी हुन् । चलचित्रमा स्वस्तिमा खड्का र सुरज पाण्डेको लभ स्टोरीलाई देखाइएको छ ।

स्वस्तिमा र सुरजसँग गरिएको ‘मस्ती टक’को भिडियो यहाँ हेर्नुहोस्ः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment